

, रौतहट २१ पुस ।
अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका नौ जनालाई प्रहरी टोली पक्राउ गरी अदालतमा पेश गरेको छ । कैद तथा जरिवानामा पक्राउ परेका राजपुर नपा १ पिपरा भगवनापुर वस्ने ४२ को लाल बाबु राय यादव , सोही वतनका ६० वर्षीय रामजी शाह , ४८ को राम बाबु राय यादव , वर्ष ७० को असफसर्् ठाकुर लोहार , ६० वर्षको धनई साह तेली ,५१ वर्षको शेख वसी अखतर ६० वर्षको सफादत हजाम ,७५ वर्षको शेख सहिद र राजदेवी नपा २ वस्ने वर्ष ४० को उदय प्रकाश महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिप्रका गौर र इलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले लागत न २५४३ र रु १० हजार लागत न १८६८ कुटपिट तथा अगभग मुद्धामा रु १६२।५० लागत न २१६९ लागू औषध मुद्धामा ८ दिन कैद र रु २ हजार जरिवाना ,लागत ८११ र रु १०० जरिवाना र सवारी ज्यान मुद्धामा १ महिना कैद भएका प्रतिवादीलाई पक्राउ गरी अदालतमा आज पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहट सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताएका छन ।