Take a fresh look at your lifestyle.
npa 9 suchana

वालक हत्याको आरोपित २ जना मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ६ माघ ।
माधवनारयण नगरपालिका वडा नं –०८ बस्ने जय किशोर प्रसाद कुशवाहाको छोरा वर्ष ९ को आशनारायण प्रसाद कुशवाहाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माधवनारायण न.पा. वडा नं –०८, पिपरा रजवाडा बस्ने बर्ष ३३ को जयराम महतो कोईरी र ऐ.ऐ. बस्ने बर्ष ३७ को संजय राम रहेको छ । मसिर २५ गतेका दिन आफनै घरबाट हराएकोले निजलाई खोजतलास गर्दा पुस १ गतेका दिन माधवनारायण नगरपालिका वडा नं –०८ स्थित वागमती खोला नदीको पानीमा मृत अवस्थामा फेला परेको थियो । थप अनुसन्धान कार्य जारी रहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पुरानो रिसइवी तथा सधैको झगडाका कारण मृतकको परिवार प्रति जयराम महतोको वितृष्णा बढदै गएको कारण कर्तव्य गरि मारेको प्रहरीको अनुसन्धानले जनाएको छ । घटनाका दिन मृतकलाई देखे पछि जयराम महतो कोईरीले संजय राम संग सल्लाह गरेर बदला लिने योजना बनाएको उल्लेख छ । आशनारायण कुसवाहालाई देख्ने वितिकै जयराम महतो र संजय रामले आशनारायणको मुख थुनी हात खुट्टा समाती बोकेर सोही स्थानमा रहेको छाप्रो भित्र लगेर गम्छा र कपडाले हात खुट्टा बाधि बालकलाई कर्तव्य गरि मारेको र सोही छाप्रोमा त्रिपालले छोपी लाश लुकाएको प्रहरीले जनाएको छ ।मसिर २६ गतेका दिन राती अं. १२;०० वजे पछी सो खलियानबाट निजहरु दुबै जनाले लाश निकाली बोरामा राखी सो स्थान देखि अं. १ किलो मिटर टाढाको खेतमा रहेको परालको टालमा लाश लुकाएको प्रहरीको अनुसनधानबाट खुल्लेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक विर बहादुर बुढामगरले बताए । जयराम महतोले मृतकको गँजी र हात खुट्टा बाध्न प्रयोग गरेको कपडा सोही राती आफ्नै खरियानको घुरमा जलाई दिएको बयानमा स्वीकार गरेको उपरिक्षक मगरले भने । कसैलाई शंका नहोस भन्नका लागी जयराम महतो कोईरी मृतकको बुबा सँग दिउँसोको समय आसनारायण लाई खोजी गर्न जाने गरेको थियो । मसिर २९ गतेका दिन बेलुका लाश हेर्न जाँदा लाशबाट अलि अलि गंध आएको थाहा पाएपछी संजय राम सँग लाश अन्यत्र फालने सल्लाह गरेको बताइएको छ । सोहि दिन राती अं. १२;०० वजे पछीको समयमा दुबै जना घरबाट बोरा लिई लाश रहेको स्थानमा गएको र प्लास्टिकको वोरामा जयराम महतोले लाश बोकेको र संजय रामलाई आगाडी वाटो हेर्न लगाई बागमति नदीको उत्तरी किनारा देखि अं. १७० फिट पर पानीमा लाश फालेको प्रहरीबाट थाहा हुन आएको छ । लाश बोक्न प्रयोग गरेको बोरा दक्षिण तर्फ वालुवामा गाडेको खुल्न आएकोले दसीहरु वरमाद भएको उपरिक्षक मगरले स्पष्ट पारेका छन ।मसिर २९ गते राती खोलामा फ्याकेर फर्कीदा जयराम महतोले लाश बोक्दा लगाएको प्लास्टिकको बोरा ज्यकेट बाटको घुरमा जलाई दिएको थियो । मृतकको मुख बाँध्न प्रयोग भएको गम्छा ,मृतकको लाशलाई नदी सम्म लानको लागि प्रयोग गरिएको बोरा ,मृतकको गञ्जी काट्न प्रयोग गरिएको हँसिया , मृतकको लाशलाई छोप्नलाई प्रयोग गरिएको त्रिपाल वरामद भएको जिप्रका रौतहटका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताए ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.