Take a fresh look at your lifestyle.
npa 9 suchana

१२,लाख ९१हजार,६४०।– बराबरको सौफी रक्सी लगायतका सर–सामानहरु भन्सार चलान ।

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २९ पुस ।
जि.प्र.का.रौतहट र मातहत प्रहरी चौकी बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका वडा नं. ८ बाट १२ लाख ९१ हजार ६४० बराबरको समान पक्राउ गरी आज भन्सार चलान गरेको छ । राजदेवी नगरपालिका वडा नं. ८ दशगजा नजिक पुग्दा बि आर ०६ पी ६७८० नम्बरको बोलेरो जिप गाडिमा सौफि रक्सी लोड गरी नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अवस्थामा प्रहरी टोलिलाई देख्न साथ बोलेरो जिप गाडी वेवारीसे अवस्थामा छाडी चालक फरार भएको बोलेरो जिप भित्र लोड रहेको १२२ कार्टुन सौफी रक्सीको अं.मुल्य एघार लाख सन्तावन हजार छ सय बराबरको बोलेरो जिप, सौफी रक्सी पक्राउ गरिएको थियो ।
त्यसैगरी भारतबाट बि आर ०५ के १२३३ नम्बरको मोटरसाईकलमा चिनी, खाने तेल, सुर्ती, र बच्चाहरुको खेलौनाहरु भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलिलाई देख्नसाथ मो.सा. र मो.सा.मा लोड रहेको सर–सामानहरु छाडी मो.सा. चालक फरार भएको जिप्रका रौतहटले जनाएको छ । चौरानब्बे हजार चालिस रुपैयाँ वराबरको चिनी, खाने तेल, सुर्ती, मोटरसाईकल, बोलोरो जिप र बच्चाहरुको खेलौना समेत गरी जम्मा अं. मूल्य रु.१२लाख,९१,हजार ६४०।– रुपैयाँ माल समान विहीवार २३ वजेको समयमा पक्राउ गरिएको जिप्रकाका प्रहरी नायव उपरिक्षक सुनिल मल्ले बताए । बलेरो ,मोसा. ,सौफी रक्सी, चिनी, सुर्ती लगायतका सर–सामानहरु आवश्यक कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताएका छन । ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.