Take a fresh look at your lifestyle.
npa 9 suchana

उपशाखाहरुलाई शिविर संचालन गर्न आग्रह

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ७ माघ ।
रौतहटका अस्पतालहरुमा रगतको अभाव हुने गरेकोले निरन्तर रुपमा रगत दान गर्न उपशाखाहरुलाई शिविर संचालन गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजकिशोर यादवले आग्रह गरेको छ ।
आज शनिवार उपशाखा महादेवपर्टीको १७ औ वार्षिक साधारण सभा र आजिवन सदस्यहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति यादवले रगत दान गर्न उपशाखाहरुले महिनामा एक दिन शिविर संचालन गर्न आग्रह गरेका हुन ।
रौतहट जिल्लामा १२ वटा उपशाखा रहेकोले महिनामा एक दिन रगत दान शिविर संचालन गरे रगतको अभाव नहुने बताए ।
रेडक्रसको सम्पुर्ण गतिविधि समाजिक संजाल मार्फत सर्व साधारणलाई जानकारी गराउन उनले सुझाव दिएका थिए ।
सम्पुर्ण स्थानीय निकायमा उपशाखा गठन गर्न खुल्ला गरिएको बताउदै सभापति यादवले रेडक्रस अभियानलाई तिब्रता दिने बताए ।
समाजमा विकृति विसंगति फैली रहेकोले मानव सेवा प्रतिको जनचेतना जगाउन आग्रह उनले भने । जहाँ दुःख वहाँ रेडक्रस जस्ता नारा सहित आज सम्पन्न गरिएको साधारण सभामा सभापति यादवले आजीवन निरुत्साहित भएको उनले बताए ।
आजीवन सदस्य तथा रेडक्रस बिचको सम्बन्ध समाप्त भएको बताए । आजिवन सदस्यहरुको पिडालाई कम गर्न आफु लागी परेको बताए ।
जिल्लाका सम्पुर्ण आजीवन सदस्यहरुको भेला गराई अपनत्वको भावनासँग जोडन आफु पहल गरी रहेको बताउदै ५ वटा उपशाखाका आजीवन सदस्यहरुलाई भेला गराई सकेको बताउदै उनले वाँकी उप शाखाका आजीवन सदस्यहरुको भेला गराउनमा लागेको सभापति यादवले बताए ।
रेडक्रसमा २० औ वर्ष देखि एकै जना सभापति हुदै आएको जरोलाई उखालेर फल्ने उदेश्यका साथ अघि बढी रहेको सभापति यादवले स्पष्ट पारेका थिए ।
महादेवपटी उपशाखाका सभापति विजय किशोर झाको अध्यक्षतामा आजीवन सदस्य शैलेन्द्र झा , हेमन्त राय यादव , मुनिन्द्र ठाकुर , पुर्व वडा अध्यक्ष राजेश झा ,रामजी यादव , मन्त्री धर्मेन्द्र सिह लगायतका वतmाहरुले आ आफनो सुझाव तथा गुनासो पोखेका थिए भने उपशाखाका सचिव राम एकवाल साहले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष मिथलेश झाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा सभापति यादवले ६५ जना एकल महिलालाई कम्बल वितरण गरेका थिए ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.