

, रौतहट १२ माघ ।
बौधीमाई नगर पालिका ७ निवासी वर्ष ६०को नेक महमदलाई प्रहरीले पक्राउ गरेको छ । नागरिकता किर्ते मुद्धाको फरार प्रतिवादी महमदलाई बकुल बजारमा हिडडुल गरि रहेको अवस्थामा प्रहरी चौकी बकुलले पक्राउ गरेको हो । पक्राउ परेका महमदलाई आवश्यक कारवाईको लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको छ । बुधवार करिव १०ः ५५ बजे पक्राउ गरिएको सुरक्षाकर्मीबाट थाहा हुन आएको छ ।