
मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत शाह र लेखाका कर्मचारी शाहद्धारा आठ लाख रुपैयाँ अनियमितता


, रौतहट १७ माघ ।
मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत रामबाबु शाह र लेखाका कर्मचारी जय प्रकाश शाहले आठ लाख रुपैयाँ अनियमितता गरेको छ । आव २०७९।०८० को वजेटबाट अधुरो भवन निर्माणका लागी विनियोजन गरेको वजेट नक्कली बिल बनाई अनियमितता गरेको हो । नगर पालिकाका वडा न ९ सोनरनीया टोलमा वडा कार्यालय अधुरो भवन निर्माणका लागी छुटयाइएको आठ लाख वजेट मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत राम बाबु शाह र लेखा कर्मचारी शाहले भागवण्डा गरी भुक्तानी लिएको एक जना कर्मचारीले नाम नबताउने शर्तमा बताएका छन । मौलापुर नगर पालिकाका प्रशासकीय अधिकृत शाहसँग सम्पर्क गर्दा स्थानीयवासी बिनोद राय यादवको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी कार्य सम्पन्न भएको बताए । मैले कुनै किसिमको आर्थिक लाभ लिएको छैन प्रमुख शाहले भने । वडा अध्यक्ष श्याम किशोर साहसँग सम्पर्क गर्दा मौलापुर नगर पालिकाले २ लाख ६५ हजार वरावरको फर्निचर खरिद गरी वडा कार्यालयमा दिएको बताउदै वडा कार्यालय र अस्पतालका बिधुत वाइरिङ्ग गराएको अध्यक्ष शाहले बताए । वडा कार्यालय स्थापना भएको वेला भएको बिधुत वाइरिङ्ग खराब भएकोले नयाँ वाइरिङ्ग गराएको अध्यक्ष शाहले दाबी गरेका छन ।