

रौतहट ,फाल्गुन १८ गते
जिल्ला समन्वय समिति रौतहटका एक सदस्यले कोषमा जम्मा रहेको रकममा भाग बण्डा नगर्न चेतावनी दिएका छन ।
समितिको कोषमा रहेको एक करोड दस लाख रुपैयाबाट ७० लाख रुपैया भाग बन्डा गर्न लागेको जिल्ला समन्वय समिति सदस्य मोजमिलले बताए ।
समन्वय समिति प्रमुख रामअयोध्या यादव र समन्वय अधिकारी ओम प्रकाश यादवले केही दिन आगाडी गोप्य बैठक बसि खर्च गर्न नहुने रकममा भाग बण्डा गरेकोमा आपति प्रकट गरेका हुन ।
पछिल्लो कार्यकाल जस्तो १२ करोड अनियमितता यसपालि हुन नदिन सदस्य जमिलले बताएका छन । सो अनियमित खर्चको अनुमोदन आज विहिबार हुन लागेको जिल्ला सभा बैठकमा समेत पेश हुने उनले दाबी गरेका हुन । यस सम्बन्धमा समन्वय समितिका प्रमुख राम अयोध्या प्रसाद यादवले कोषको रकम भागबण्डा गर्ने पक्षमा आफु पनि नरहेको बताए । समन्वय अधिकारी ओम प्रकाश यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।