Take a fresh look at your lifestyle.
npa 9 suchana

मेयर साहको सट्टामा ज्वाईले एसईईको परिक्षा दिदै गरेको अवस्थामा पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट, १९ चैत ।
देवाही गोनाही नगर पालिकाका मेयर प्रेमलाल शाहको सट्टामा अरु व्यक्ति राखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिईरहेको अवस्थामा जिल्ला परिक्षा अनुगमन समितिले आईतवार पक्राउ गरेको छ ।
नगरपालिकाका मेयर साहले आफ्नो सट्टामा अरु व्यक्ति राखेर एसइइ परिक्षा दिदै गरेको अवस्थामा मौलापुर नगरपालिकाको लक्ष्मिनिया मावी परिक्षा केन्द्रबाट पक्राउ गरिएको हो ।
नेकपा एमालेबाट देवाही गोनाही नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएको साहका सट्टामा एसइए परिक्षा दिदै गरेका गरुडा नगरपालिका ६ पोठियाहीका कमल साहलाइ पक्राउ परेको छ् । मौलापुर नगरपालिकाको लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परिक्षा दिइरहेका कमल साहलाई परिक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका साह मेयरका ज्वाइ रहेको श्रोतले बताएका छन । ससुराका सट्टामा परिक्षा दिइरहेका उनी इन्जीनियर रहेको श्रोतको दावी रहेको छ ।
परिक्षा संचालन भएको अवस्थामा अनुगमन टोलीलाई विद्यार्थी प्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन । पक्राउ परेका नक्कली परिक्षार्थीको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.