Take a fresh look at your lifestyle.
npa 9 suchana

चार जना सुरक्षाकर्मी सहित एक जना आन्दोलनकारी घाइते

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट, २९ चैत ।
गरुडा नगरपालिकाको कार्यालय माथि ढुंगामुढा गराई रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दा एक जना आन्दोलनकारी घाइते भएको छ भने चार जना प्रहरी घाइते भएका छन । घाइते हुने मा गरुडा नपा ५ वस्ने गजेन्द्र यादव रहेका छन । घाईते यादवको पाखुराबाट गोली वारपार भएपछि स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल विरगंज पठाइएको छ । घाईते युवकको अवस्था सामान्य रहेको छ तर गोली लागेर नै घाइते भएको सम्बन्धमा प्रहरीले अहिले सम्म पुष्टि गरेको छैनन् ।
गरुडा नगरपालिकामा भए गरेको काम कारवाइको सुचना माग गरी आन्दोलन गर्दै आएका स्थानीय दिपक यादवले बुधवार गाउँलेहरुलाई उचालेर नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न गरुडा आएका थिए । मानिसहरुको भिडलाई देखेपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विरेन्द्र पासवानको कमाण्डमा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।
नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा दिपक यादवको समुहलाई प्रहरीले रोकपछि एक्कसी प्रदर्शनकारीहरु ढुंगामुढा गरेर टिपर, मोटरसाइकल, कार्यालयको झ्यालमा क्षतिपुर्याउन सुरु गरेपछि प्रहरीले निकै सम्झाए पनि प्रदर्शन उग्र बन्दै गएकोले चार राउण्ड टियर ग्यास प्रहार गरको थियो । ढुंगामुढाबाट प्रहरी निरीक्षक पासवान घाईते भएको र अवस्था झन् उग्र भएपछि बाध्यताबस प्रहरीले ११ राउण्ड गोली फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको इप्रका गरुडाले जनाएको छ ।
प्रदर्शनकारीको ढुंगामुढाबाट नगरपालिका वरिपरी रहेका सवारी साधनहरु क्षति भएको, प्रहरी निरीक्षक सहित चार जना प्रहरी घाइते भएको छ ।
मानिसहरुलाई उचालेर प्रदर्शन गराउन ल्याएका युवक दिपक यादव सहित चार जनालाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
सरकारी सम्पत्तीलाई हानी नोक्सानी पुर्याउने अधिकार कसैलाई पनि राज्यले दिएको छैन । सरकारी सम्पत्तीको सुरक्षार्थ प्रहरीले बल प्रयोग गरेर अवस्थालाई नियन्त्रणमा लिएको बताउदै अहिले गरुडा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको तथा कुनै पनि बहानामा प्रदर्शनकारीहरुलाई नगरपालिका सम्म पुग्नका लागि पूर्ण बन्देज लगाइएको इप्रका गरुडाले जनाएको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.