Take a fresh look at your lifestyle.
npa 9 suchana

आयोग सत्यताको धरातललाई टेकेर कार्य गर्ने –अध्यक्ष कार्की

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २९ बैशाख ।
अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग र सरोकारबालाविच अन्तरक्रृया कार्यक्रम जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा सम्पन्न भएको छ ।
अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले छलफलद्धारा समस्याको समाधान खोज्ने तथा प्रयास गर्ने तर्फ आयोग लाग्ने बताए । वास्तविक पिडितलाई पहिचान गरी न्याय दिलाउन अग्रसर हुने बताए । आयोगले छलफलद्धारा आयोग सुझावलाई समेत प्राथमिकतामा राख्ने उनले भने । सदस्य द्धय उतम राज सुवेदी ,गणेश बाबु आर्याल समेतको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जाँचबुझ आयोग गठन हुनु अगावै रौतहट जिल्लामा ९२ वटा उजुरी दर्ता भएका थिए जसमध्ये ८ वटा फर्छयौट भइसकेको बताए । तर आयोग गठन भएपछि हिजो सम्म २०९ वटा उजुरी परेका थिए, आज मात्रै १५२ वटा गरेर ३६१ वटा उजुरी दर्ता भइसेको उनले जानकारी गराए ।
रौतहटमा रहेका १८ पालिका मध्ये सबैभन्दा बढि कटहरियाबाट ३५ र सबैभन्दा कम राजदेवीबाट उजुरी दिनेको संख्या शुन्य रहेको बताउदै गरुडामा २७, गौरमा ११, चन्द्रपुर, लगायत अन्य पालिका गरी ३६१ वटा उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रजिअ मिश्रले जाँचबुझ आयोग समक्ष जानकारी गराए ।
उजुरीहरुमा बढि औषधी उपचारको लागि लिएको तथ्याँक रहेको बताउदै उक्त उजुरीहरुको वास्तविक्ता छानविन गर्न आयोग समक्ष पेश गरिने उनले स्ष्पट पारे ।
आयोगको टोली समक्ष, राजदेवी नगरपालिकाका मेयर भिखारी राय यादव, माधव नारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष शम्भु कुमार सिंह,बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादव, वृन्दावन नगर पालिकाका मेयर विनोद कुर्मी, नेपाल बार एशोसिएशनका अध्यक्ष नन्दकिशोर साह, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवाल, नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी, पूर्व नगरप्रमुख धिरेन्द्र सिंह, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा,महासँघ अध्यक्ष प्रेमचन्द्र झा , राप्रपाका सत्येन्द्र सिह , लगायत अन्य पाटीका कार्यकर्ता तथा नेतागणहरुले यो ऐन लागू भए देखि समाजमा नकरात्मक असर परेको बताएका थिए ।
कुनै साहु महाजनले लगानी लगाउन तयार नरहेको तथा बैकले ऋण दिन महिनौ सम्म दौडधुप गराएर पनि ऋण दिन नसकेकोले क्यौ यज्ञ हुन नसकेको बताए । यसलाई धेरै नलम्बयाई छलफलद्धारा टुगो लगाउन आग्रह गरेका थिए । अन्तरक्रियामा उठेका जिज्ञासाहरुलाई आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य सुवेदीले सहजी करण गर्दै आयोग सत्यताको धरातललाई टेकेर कार्य गर्ने बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.