,वैशाख ३० गते ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार“ २०८० बाट राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने हुनु भएको छ ।
रौतहटबाट प्रसारण हुने रेडियो मधेश मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता पत्रकार मनोजकुमार चौधरीको कोरोना संक्रमणका कारण ४१ बर्षको अल्पायुमै नारायणी अस्पताल बिरगंजमा उपचारको क्रममा २०७८ बैशाख २८ गते निधन भएको थियो ।
उनको निधन पश्चात नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकार चौधरीको सम्झनामा “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार“को स्थापना गरेको थियो । यस बर्षको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार“ आगामी २०८० जेठ २० गते शनिबारका दिन प्रदान गरिने भएको छ ।
पच्चीस हजार रूपैयाँ पुरस्कार राशी रहेको सो पुरस्कार राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई दिइने नेपाल पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुर (धनन्जय ) द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गतवर्ष उक्त पुरस्कार बाट गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएको नेपाल पत्रकार महासंघ रौतहटका कोषाअध्यक्ष धर्मेन्द्र साहले जानकारी गराउनु भएको हो ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
अर्को
- प्रतिक्रिया
- Facebook Comments