

रौतहट ८ जेठ ।
कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका प्रतिवादी शेख कविरलाई खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका प्रतिवादी शेख कविरलाई खोजतलस गर्ने क्रममा गौर न.पा.७ स्थित रामजानकी मन्दिरमा फेला परी पक्राउ गरी रौतहट जिल्ला अदालत गौरबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक उमाशंकर प्रसाद यादवले बताएका छन ।
गत मगलवार २२;२० बजेको समयमा गौर न.पा. वडा नं.७ सिसवा टोलमा बस्ने अं. बर्ष ४५ को यार महम्द खानलाई सोही निवासी शेख जोखुको छोरा अं. बर्ष ४० को शेख कबिरले पुरानो रिसवीको कारण चक्कुले बाया छातीमा प्रहार गर्दा गम्भिर घाईते भई उपचारको क्रममा अ. २२;४० बजेको समयमा निज यार महम्द खानको मृत्यु भएको थियो ।