

, रौतहट ,११ जेठ ।
रौतहटमा गोली हानेर एक वृद्धको हत्या गरेको छ । देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय एक वृद्धको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । अज्ञात समूहले गोली हानेर ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा बिहीबार बिहान शव फेला परेको हो । हत्या गरिएका पारिवारिक स्रोतका अनुसार बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव घरभन्दा १ किलोमिटर टाढा भेटिँदा शंका उब्जिएको बताए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।