Take a fresh look at your lifestyle.
npa 9 suchana

गौर नगर पालिकाका नगर प्रमुख शाहले गरे एक वर्षको प्रगति विवरण सार्वजनिक

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट, १२ जेठ ।
गौर नगर पालिकाका नगर प्रमुख शम्भु साहले एक वर्षको प्रगति विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन ।
नगरप्रमुख साहले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै विकास निर्माणको कार्य, बाटो ढलान, नयाँ ट्रयाक संचालन, नाला निर्माण, विजुलीको पोल सार्ने कार्य, शहरी विकास परियोजनाको अवरुद्ध कार्यलाई सुचारु , तिन वटा पोखरीमा सुर्य मन्दिरको निर्माण, लालबकैया नदीको बाँधको चार स्थानमा आरसिसि ढलान , धेरै दिन देखि अलपत्र अवस्थामा रहेको झुलुंगे पुलको निर्माण कार्य पुरा गराएर उदघाटन, शिक्षाको क्षेत्रमा विद्यालयहरुमा नियमित रुपमा निरीक्षण गरेर सुधार गर्दै , स्वास्थ्य क्षेत्रमा सिसवामा बर्थिंग सेन्टर, वडा नम्वर १ मा ल्याव संचालन , सरसफाईको क्षेत्रमा नियमित रुपमा इ रिक्साको ल्याएर फोहर ब्यवस्थापन , बारुण यन्त्र क्षतिग्रस्त भएपछि बैकल्पिक व्यवस्था लगायतका बहुसंख्यक कार्यहरु गरिएको उनले जानकारी गराए ।
नगरपालिकाबाट सञ्चालित क्षेत्रगत योजनाहरु भौतिक पूर्वाधार तर्फ एक वर्ष देखि अलपत्र रहेको गौर नपा २ अन्तर्गत पर्ने शिवराज मुखियाको घरदेखि शान्ता चलचित्र मन्दिरसम्मको सडक तथा नाला निर्माण ,कृषि विकास बैंकदेखि शिवालय मन्दिरसम्म सडक तथा नाला निर्माण, गौर न.पा. वडान ४ मा वर्षौंदेखि अतिक्रमण गरी राखेको लाल बकैया नदी तटबन्धको अधिकार क्षेत्रको जग्गा अतिक्रमण मुक्त गराई गौर न. पा. वडान २ को महादेव स्थानदेखि गौर न.पा. बडान ४ को सावणांमाई मन्दिरसम्म वैकल्पिक बाटोको रुपमा निर्माण कार्य ,टि.भी. एस.यू. ÷ हेल्भिटासबाट ब्लैक लिस्टेड योजनाको रूपमा रहेको गौर बरहवा खोलामा फेब्रिकेटेड झलुङ्गे पुलको यसै आर्थिक वर्षमा काम सुचारु गर्न लगाई निर्माण सम्पन्न पश्चात उद्घाटन गरी समुदायलाई हस्तान्तरण , गौर न. पा. वडान २ वानेश्वरनाथ मन्दिर नजिक लाल बकैया नदीमा रु ४ करोड २९ लाखको लागतमा झुलुड़े पुलको निर्माणको लागि बोलपत्रका माध्यमबाट ठेक्का सम्झौता तथा शिलान्यासको काम सम्पन्न भई निर्माण कार्य सञ्चालन , गौर न.पा वडान २ मा विवाह मण्डप सहितको सामुदायिक भवन निर्माणको कार्य अगाडि बढाईएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी हिंसा पिडित महिलाहरुको व्यवस्थापनका लागि गौर न.पा. वडानं. १ मा आश्रय स्थल निर्माण कार्य अगाडि बढाईएको,गौर न.पा. वडानं. ८ र ९ जोड्ने तथा कृषी क्षेत्रमा समेत टेवा पुग्ने उदेश्य राखी काली मन्दिरदेखि सेना क्याम्पसम्म सडक ढलानको कार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको, वर्षौदेखि कच्ची सडककै रुपमा रहेको तथा नालाको अभावमा वर्षातमा दुबान जस्तै हुने गौर न.पा. वडानं. ५ को कोईरी टोल अन्तर्गत पर्ने ब्रह्मदेव महतोको घरदेखि सिकिन्द्र कुशवाहाको घर हुँदै शोभाकान्त ठाकुरको घरसम्म रु ४६ लाख ७१ हजारको लागतमा सडक ढलान तथा नाला निर्माण गरिएको , गौर न.पा. वडानं ४ गढवा टोलको चित्रगुप्त नगरदेखि गढ़वा उतरी सीमाना सम्म सडक ढलान र नाला निर्माणको कार्य प्रारम्भ गरी अन्तिम चरणको अवस्थामा रहेको । ऐतिहासिक महत्व बोकेको देशकै पुरानो कलाकुञ्ज पुस्तकालयको अधुरो भवन निर्माणको काम अगाडि बढाईएको , गौर नगरपालिका तथा राजदेवी नगरपालिका जोड्न गौर बरहवा खोलामा पुल कल्भर्ट निर्माणको काम अगाडि बढाईएको उल्लेख छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना

त्यस्तै आधारभुत विधालय महादेवपट्टीमा विधालय भवनको निर्माण कार्य सम्पन्न गरिएको ,गौर न.पा. वडानं. ९ मा मुस्लीम समुदायको कब्रगाह जाने पक्की बाटो निर्माण गरिएको ,गौर न.पा. वडानं. ३ मा चन्देश्वर राउतको घरदेखि पोखरिया टोला जाने सडकसम्म सडक तथा नाला निर्माणको काम सम्पन्न गराईएको , गौर र टिकुलिया जोड्ने पुरानो अतिक्रमित बाटोलाई अतिक्रमण मुक्त गराई सडक निर्माणको काम सम्पन्न गरिएको लगायतको विभिन्न योजनाहरुबारे उल्लेख रहेको छ । एक वर्षे कार्यकालमा नगर भरीमा ३ किलोमिटर आरसिसि सडक ढलान ,३ किलो मिटर नाला ,१ किलो मिटर सडक ग्रावेल र १ किलो मिटर नया सडक ट्रायक खोलेको बताए ।
सो अवसरमा नगर उपप्रमुख शैलदेवी , निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर , नगर प्रवक्ता अर्जुन सिह सहितका वडा अध्यक्षहररुको उपस्थिति रहेको थियो । जनप्रतिनिधि , कर्मचारी नगरवासीको सहयोगले एक वर्ष मै धेरै भौतिक विकास लगायत अन्य कार्य गर्न सफल भएको उनले बताए ।

 

 

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.