, रौतहट १९ जेठ ।
नेपाली सेना श्री विरदल गणको संयोजकत्वमा अन्य सुरक्षा निकाय र सरोकारवाला संघ संस्थाहरुको सहभागितामा संचालित समुदायीक विपद प्रतिकार्य तालिम तथा अभ्यास मनसुन ३ आज राजदेवी नगर पालिकाको ब्रहमपुरीघाटमा गरिएको छ ।
सो अवसरमा नेपाली सेनाका जवानहरुले विपदको समयमा गरिने कार्य वारे आम जनतालाई जागरुक बनाउनुको साथ साथै अभ्यासहरु गरिएको थियो । वागमती , लालबकैया ,झाझ नदीमा बाढी आउदाको समयमा विपदबाट कसरी जोगिने , बाच्ने जस्ता उपायहरुको बारेमा अभ्यास तथा तालिम दिएको थियो । २८ न वाहिनीका सहायक रथी सानुकाजी थापाले विपद कुनै समय बेलामा आउने भएकोले सजग तथा सचेत रहन आग्रह गरेका थिए । रौतहटमा प्रत्येक वर्ष मनसुनको समयमा विपदबाट समस्या भोग्दै आएका समस्या न्यूनीकरण गर्न नेपाली सेना लागी परेको बताउदै ज्यान जोखिममा पारेर पनि विपदबाट प्रभावित क्षेत्रमा कार्य गर्दै आएको बताए ।
सोही अवसरमा गौर नगर पालिकाका नगर प्रमुख शम्भु साहले विपदको बैठक बसे पनि ठोस निस्कर्ष विना नै टुग्ने लाग्ने गरेको आरोप लगाए । विपदलाई न्यूनीकरण गर्न ठोस निर्णय लिने बेला आएको उनले जिकीर गरे ।
त्यसै गरी राजदेवी नगर पालिकाका नगर प्रमुख भिखारी राय यादवले राजदेवी नगर पालिकाका जनता लगायत नदी क्षेत्रका वासिन्दाहरु बढी प्रभावित हुदै आएको बताए ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र क्मार मिश्रले जल प्रकोपको सामना गर्ने स्थलमै नै विपद व्यवस्थापन कसरी गर्ने जस्ता क्रियाकलापलाई मध्ये नजर गरेर गरिएको अभ्यास महत्वपुर्ण रहेको बताए ।
अहिले समयमा वागमती नदी शान्त देखिए पनि वर्षा हुदाँ आउने बाढीको प्रकोप यति सहज नहोला बताउदै न्यूनीकरण गर्न सवैले आ आफने स्तरबाट गर्नु पर्ने धारणा राखे थिए ।
सो अवसरमा जनपद प्रहरीका प्रहरी उपरिक्षक विर बहादुर बुढा मगर , राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दन झा , संचारकर्मी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
पहिलाको
अर्को
- प्रतिक्रिया
- Facebook Comments