Take a fresh look at your lifestyle.
npa 9 suchana

गौर हत्याकाण्डका नाइके उपेन्द्र यादवलाई गिरफतार गरी कारवाई गर्न जुलुस तथा कोण सभा सहित ज्ञापन पत्र

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट, १ साउन ।
गौर हत्याकाण्ड पिडित सर्घष समिति रौतहटद्धारा आज सदरमुकाम गौरमा वृहत जुलुश प्रदर्शन गरेको छ । विभत्स गौर हत्याकाण्डको नाइके उपेन्द्र यादवलाई गिरफतार गर , दोषीहरुलाई कारवाही गर, दोषिलाई उन्मुक्ति दिन पाउदैनन् भन्दै आज गौर हत्याकाण्ड पिडित सर्घष समिति रौतहटद्धारा सदरमुकाम गौरमा जुलुश प्रदर्शन गरेका छन् ।
गौर हत्याकाण्डको मुख्य नाइके उपेन्द्र यादवलाई गिरफतार गरेर कारवाही गर, निहत्था माथि आक्रमण गरेर हत्याकाण्डमा संलग्न दोषिहरु माथि कारवाही गर, सहिद परिवारलाई राहत देउ, गौर हत्याकाण्डका दोषिलाई उन्मुक्ति दिन पाउदैनन् जस्ता नाराहरु लगाउर्दै नगरका विभिन्न क्षेत्रमा प्रर्दशन गरेका थिए् ।
गौर नगरपरिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय अगाडी केही वेर नाराबाजी गरेका थिए । गौर हत्याकाण्डका मुख्य दोषि सहित अन्य दोषिहरुलाई कारवाहीको माग गर्दै गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक एवं सहिद परिवार रुपसागर देवीले प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा प्रशासकीय अधिकृत निरज श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएका हुन् ।
नेपालको संविधानका धारा २१ बमोजिम अपराध पिडितको हक मौलिक हक हो उपधारा (१) अनुसार अपराध पिडित भएको मुद्दाको अनुसन्धान तथा कारवाही सम्बन्धि जानकारी पाउने हक हुनेछ, उपधारा (२) अनुसार अपराध पिडितलाई कानुन बमोजिम सामाजिक पुन ः स्थापना र क्षतिपुर्ती सहितको न्याय पाउने हक समेतको अनुसन्धान उल्लंघन भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
न्याय पाउनलाई सम्मानित सर्बोच्च अदालत प्रक्रियालाई अगाडी बढाउन मात्र परमादेशको माग सहितको निवेदन दर्ता भएको अवस्थामा गौर हत्याकाण्डमा ताण्डव मचाउने उपेन्द्र यादव सहितका दोषिहरुलाई कानुनी दायरमा ल्याउन जोडदार रुपमा माग ज्ञापन पत्र मार्फत गरेका हुन् ।
अन्यथा दोषिहरुलाई कारवाही नगरिएमा साउन २ गते देखि १२ गते सम्म पालिकाहरुमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया कार्यक्रम गर्ने, साउन १३ गते सहिद परिवार एवं पीडितहरुद्धारा धर्ना दिइने, साउन १४ गते मोटरसाइकल –याली निकाल्ने साउन १५ गते देखि अनिश्चितकालिन रौतहट बन्द गर्ने उक्त ज्ञापन पत्र मार्फत चेतावनी समेत उल्लेख गरेका छन ।
गौर हत्याकाण्ड पिडित सर्घष समिति रौतहटको मागलाई आम जनता पार्टीले समर्थन गरेका छन । सोही क्रममा आम जनता पार्टीका केन्द्रिय महासचिव उपेन्द्र प्रसाद साहले कार्यक्रमलाई सम्बोधन गर्दै गौर हत्य काण्डका मुख्य नाइके उपेन्द्र यादव सहित अन्य दोषीलाई कारवाई गर्न माग गरेका छन । सोही अवसरमा आम जनता पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र कुमार पटेलले दोषीलाई कारवाई नभए चरणबद्ध आन्दोलन गर्ने बताए ।
२०६३ चैत ७ गते गौर राइस मिल्सको चौरमा तत्कालिन नेकपा माओवादी र उपेन्द्र यादवको नेतृत्वमा रहेका मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरु विच झड्प हुँदा माओवादीका २७ जनाका हत्या भएका थिए । उक्त दिने दुबै पार्टीका कार्यक्रम गर्ने मन्च राइस मिल्सकै चौरमा हुदाँ सामान्य विवादको कारण ठूलो झड््पमा परिणत हुँदै गएको थियो ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.