Take a fresh look at your lifestyle.
npa 9 suchana

पुर्व प्रधानमन्त्री नेपालले १३ वर्ष पहिला शिलान्यास गरेको बागमती पुल निर्माण नहुदाँ स्थानीयवासीद्धारा ज्ञापन पत्र

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १७ असोज ।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले १३ वर्ष पहिला शिलान्यास गरेको बागमती पुल हाल सम्ममा निर्माण नहुदाँ स्थानीयवासी आज विरोध जुलुस सहित जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत भौतिक तथा पुर्वाधार मन्त्रालय सिहदरवार काठमाण्डौ पठाउनका लागी ज्ञापन पत्र बुझाएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना


दुर्गा भगवती गाउँ पालिका वडा न ५ का वासिन्दाहरुले गौरको वरहवापुल नजिक भेला भई प्ले कार्ड बोकी पुल निर्माण गर्न माग गर्दै विभिन्न खाले नारा लगाएका थिए । नारा जुलुस लगाउदै जिप्रकामा पुगी प्रशासकीय अधिृकत प्रशान्त वर्मा समक्ष ज्ञापन पत्र बुझाएका छन ।
बागमती नदीले बर्सेनी तराई मधेशमा क्षति पुरयाउदै आएको सर्वविदितै छ उल्लेख गरी सो नदीबाट मानवीय क्षति र धनजनको अपुरणीय क्षति हुदै आएको ज्ञापन पत्रमा उल्लेख छ ।
नेपालको प्रमुख सडक मेची देखि महाकाली सम्म राणाकालीन हुलाकी सडक रहेको हुदाँ सो वागमती नदीमा पुल नहुदाँ आवत जावत गर्न कठिनाई भइ रहेकोले छिटो भन्दा छिटो पुल निर्माण गर्न माग गरेको छ ।
पुल निर्माण कार्य अविलम्ब सुरु गर्न माग समेत ज्ञापन पत्रमा उल्लेख गरेका छन । तत्काल सुरु नगरे चरणबद्ध सर्घष गर्ने उल्लेख छ ।
दुर्गा भगवती गाउँ पालिकाका वडा न ५ बडहर्वा टोल हुदै पर्ने वागमती नदीमा पुल निर्माणका लागी पप्पु कन्ट्रक्सनले ठेक्का सकार गरी पुलको पाया बनाई अधुरो छाडेर भागेको हुदाँ सो क्षेत्रका जनता निरास भएका थिए ।
संसदीय क्षेत्रको निर्वाचनका क्रममा पुर्व प्रधान मन्त्री माधव कुमार नेपालले जनता समक्ष पुल निर्माणको लागी प्रतिवद्धता जनाइएको थियो ।
पप्पु कन्ट्रक्सनले धेरै दिन सम्म पुल निर्माणका कार्य नगरे पछि ठेक्का रद गरी अर्को ठेक्का लगाइएको थियो । अर्को ठेक्कामा वाई पि महालक्ष्मी विकास जे भीले ठेक्का सकार गरी पुल निर्माण गर्नुको सट्टा बालुवाको सडक बनाई करौडौ रकम अनियमितता गरी फरार रहेको स्थानीयले आरोप लगाएका छन ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.