Take a fresh look at your lifestyle.
npa 9 suchana

जिल्ला प्रहरी कार्यालय रौतहटको एक महिने प्रगति विवरण

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट २९ असोज ।
जिल्ला प्रहरी कार्यालय रौतहटले एक महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । भारतबाट अवैध रुपमा आएका ६१ लाख २७ हजार ७७८ मूल्य बरावरको सामान बरामद गरी गौर भन्सार चलान गरेको छ भने १५ थान मोटरसाइकल ,पिकअप १ थान , बलोरो १ थान ,टेम्पु १ थान ,अटो २ थान ,सोफी रक्सी र अन्य सर समान गरी उतm मूल्य बराबरको भन्सार चलान गरिएको प्रहरी नायव उपरिक्षक दामोदर केसीले बताएका छन । यसै गरी चोरी भएको मोटरसाइकल ७ थान बरामद गरी अनुसन्धान भइ रहेको बताइएको छ । विभिन्न मुद्धामा फरार प्रतिवादी १७ जना ,चालू मुद्धाका ८ जना लाई पक्राउ गरी अनुसन्धान भइ रहेको उपरिक्षक केसीले बताए । विभिन्न समयमा हराएको मोबाइल १७ थान बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । साथै नजिकिदै गरेको महान चाड पर्वको अवसर पारी रौतहट सिमा क्षेत्रमा हुने भन्सार छली चोरी तस्करी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत समेतबाट संक्रिय रुपमा प्रहरी टोली परिचालन गरिएको उनले बताए । नजिकिदै गरेको चार्ड पर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, झै झगडा तथा अबैध रुपमा भन्सार छली चोरी पैठारी जस्ता क्रियाकलाप नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत समेतबाट बिभिन्न स्थानहरुमा चेक पोईन्ट राखी गरिने नियमित चेकजाँच तथा सरप्राईज चेकजाँचको क्रममा विगत एक महिना भित्रको प्रगति विवरण रहेको जनाएका छन ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.