

, रौतहट २९ असोज ।
वन अतिक्रमण चोरी निकासी आगलागी नियन्त्रण सम्बन्धि सरोकावालाहरुको बैठक आज डिभिजन वन कार्यालय चन्दनिगाह्रपुरमा सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा रौतहटका संचारकर्मी तथा सरोकारवालाहरुको सहभागितामा सम्पन्न भएको हो ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख शैलेन्द्र कुमार मिश्रले वन अतिक्रमण चोरी निकासी तथा आगलागी नियन्त्रण एकलैले गर्न सकिदैन बताउदै वन जगल सबैको साझा सम्पति रहेकोले सबैले आ आफनो स्तरबाट सहयोग गरे वन जोगाउन सकिने बताए ।
वन कर्मचारी अहोरात्री खटे पनि काठ तस्करको ठुल्लो जमातले वन कर्मचारीलाई छली चोरी निकासी गर्ने गरेको बताए ।
चोरी निकासी भइ रहेको सुचना दिन जनसामुदायसँग आग्रह गदै वन जोगाउन सबैको दायीत्व हो उनले भने ।
सोही अवसरमा पत्रकारहरुले पनि चोरी निकासी वन अतिक्रमण तथा आललागीको बारेमा आवश्यक सुझाव दिएका थिए ।