


रौतहट २० कार्तिक । नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेश गुप्ताले जसपाका नेता योगन्द्र यादवद्वारा नेपाली काँग्रेस प्रति व्यक्त गरिएको अभिव्यक्ति प्रति कडा शब्दमा निन्दा गर्दै जो जस्तो व्यक्ति हुन्छ त्यसरी नै अरुलाई हेर्ने गरेको आरोप लगाएका छन ।
विभागिय प्रमुख गुप्ताले जनता समाजवादी पार्टीको शनिवार देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका पूर्व राज्यमन्त्री योगेन्द्र यादवद्वारा अनर्गल, अपमानजक, अशोभनिय अभिव्यक्ति दिएकोमा यस विभागको गम्भीर ध्यानाकर्षण भएको बताउदै जो जस्तो व्यक्ति हुन्छ अन्य दल वा नेता त्यतै लाग्छ, तर यादवले त्यस्तो गलतफहमीलाई दुर गरिएन भने विगतमा गरिएका कार्यहरुलाई लिएर नेपाली काँग्रेस पर्दाफास गर्ने चेतावनी दिएका हुन् ।
गुप्ताले एउटा फेसबुक स्टेटस देखाउदै आकेष्ट्रामा नर्तकी नाच्दै गरेका स्टेजमा बसेर मख्ख परेका पूर्व राज्यमन्त्री यादवको विरुद्ध लेखिएका शब्दहरुलाई स्मरण गर्दै हामी राजनीति क्षेत्रका व्यक्ति हौं तल्लो स्तरमा झरेर अपशब्दहरु भन्दैनौं तर यस्तै रबैया कायम रहयो भने राज्यमन्त्री रहदा खेरी गरिएका कर्तुतहरु सार्वजनिक गर्ने चेतावनी समेत दिए ।
एक त मधेशप्रदेशमा सत्तासाझेदार रहेका पार्टीहरु विच तलमाथि भएमा पार्टीका शिर्ष नेताहरु बसेर समस्या समाधान गर्नुपर्नेमा सार्वजनिक मञ्चबाट काँग्रेस वा नेता विरुद्ध गलत अभिव्यक्ति दिनेलाई यस विभागले पनि नछाड्ने बताए ।