

रौतहट ७ कार्तिक ।
काठ ,पिकअप गाडी सहित चालक सहचालकलाई पक्राउ गरी डिभिजन वन कार्यालय रौतहटमा सुुरक्षाकर्मीले बुझाएका छन ।
चालक जिल्ला वारा निजगढ न.पा.८ खैरगारी टोल वस्ने अं. बर्ष २१ को बुद्धफिङ्ग, सहचालक ऐ.ऐ.वस्ने अं. बर्ष २२ को संजय लामा तथा उक्त गाडीमा ५ वटा साल रुखको काठको गोलिया अं. ८० क्युबिक फिट काठ फेला परेको हुँदा आवश्यक कारवाहीको लागी जङगलसैया बन–डिभिजन कार्यालय रौतहटमा बुझाईएको हो ।
गुजरा न.पा.३ पशुपति टोलको धनसर– जंगलसैया सडक खण्डमा प्रदेश २–०३–००१ च–५६७१ नम्वरको पिकअप गाडीमा ५ वटा साल काठको गोलिया अं. ८० क्युबिक फिट बराबरको काठ राखी जादै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विशेष सुचनाका आधारमा प्र.चौ. हरिनगर रौतहटबाट प्र.स.नि हरेराम कुर्मीको कमाण्डमा, सुरक्षा वेस जङगलसैयवाट स.प्र.ना.नि.को कमाण्डमा र जङगलसैया सब–बनडिभिजन कार्यालय रौतहटको कार्यालय प्रमुख सहायक बन अधिकृत आरिफ अंसारीको कमाण्डमा खटि गएको संयुक्त कर्मचारीहरुले धनसर– जंगलसैया सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रदेश २–०३–००१ च–५६७१ नम्वरको पिकअप गाडी चालकले चेकजाचँ गर्ने टोलि देखी भाग्न खोज्दा उक्त गाडीलाई नियन्त्रणमा लिएको जिप्रकाका सुचना अधिकारी दामोदर केसीले बताएका छन ।
करिवं.रु चार लाखको काठ, र रु. . दश लाखको पिकअप गाडी, चालक बुद्धफिङ्ग र सह–चालक लामालाई आवश्यक कारवाहीको लागी जङगलसैया बन–डिभिजन कार्यालय रौतहटमा बुझाईएको छ । मगलवार विहान करिव ४ः४५ वजेको समयमा गाडी सहित काठ नियन्त्रणमा लिएको बताइएको छ ।