Take a fresh look at your lifestyle.
npa 9 suchana

संवेदनशील हुन सम्बद्ध पक्षलाई आग्रह

gadhimai nagar palika ko suchana
suchana gadhimai

संवेदनशील हुन सम्बद्ध पक्षलाई आग्रह
काठमाडौँ ७ मसिर । राष्ट्रिय मानवअधिकार आयोगले संविधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनमा रहेको प्रावधान अनुरुप पालनमा संवेदनशील हुन सम्बद्ध पक्षलाई गरेको आग्रह गरेको छ ।
आयोगले आगामी दिनमा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आग्रह गरेको हो ।
नेकपा (एमाले)को भातृ सङ्गठन राष्ट्रिय युवासङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट आज काठमाडौँमा आयोजित प्रदर्शनको दिनभर अनुगमन गरेपछि जारी विज्ञप्तिमा त्यस्तो आग्रह गरिएको छ ।
अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवासङ्घ नेपालको प्रदर्शन शान्तिपूर्णरूपमा सम्पन्न भएको पाइएको तथा बल्खुमा भएको प्रदर्शनमा युवासङ्घ र अभियान समूहबीच झडप भएको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएका छन ।
प्रदर्शनका कारण प्रदर्शनस्थल वरपरका विद्यालयमा पठनपाठन अवरुद्ध भएको थियो । , उक्त क्षेत्रका पसल बन्द हुँदा निर्वाधरूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको थियो । सर्वसाधारणले स्वतन्त्र एवं सुरक्षितरूपमा आवतजावत गर्न नपाएको हुँदा त्यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.