Take a fresh look at your lifestyle.
npa 9 suchana

गढीमाई नगर पालिकाको अस्तव्यस्त चुनौती र अवसर प्रमुख प्रशासकीय अधिकृत यादव

gadhimai nagar palika ko suchana
suchana gadhimai

गढीमाई नगर पालिकाको अस्तव्यस्त चुनौती र अवसर प्रमुख प्रशासकीय अधिकृत यादव
, रौतहट १४ मसिर ।
गढीमाई नगर पालिकाको अस्तव्यस्त स्थितिलाई चुनौती र अवसरको रुपमा लिएको प्रशासकीय अधिकृत श्रीदेव यादवले बताएका छन ।
संचारकर्मीसँगको भेटघाटमा आज उनले सो कुरा बताउदै विस्तारै न्यूनीकरण गदै जाने बताए । गढीमाई नगर पालिकामा भरखरै हाजिर भएका प्रशासकीय अधिकृत यादवले दरवन्दी भन्दा बढी कर्मचारीको भर्ना ,विना कार्य आदेशको निर्माण कार्य , खरिद निमावली विपरित समान खरिद लगायतका वारेमा कार्यपालिकाको निर्णय बमोजिम सुधार गर्दै जाने बताएका छन ।
कार्य पालिकाको पहिलो बैठकबाट विउ विजन वितरण तथा अन्य कार्यालय सुधारका वारेमा निर्णय भएको उनले जनाकारी दिएका छन ।
नगर पालिकामा रहेको वेथिति यसै नगरले उपजाएको बताउदै अव सुधार गर्न पनि यसै नगर पालिकाले सुधार गर्ने बताए ।
कर्मचारीको पहिलो वक्यौता भुतmानी दिने प्रक्रियामा लैजान तथा दरबन्दी भन्दा बढी रहेको कर्मचारीलाई व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए ।
गढीमाई नगर पालिकाले भुतmानी दिन ७ करोड लगभग बाँकी रहेको बताउदै बेथिति अन्त्य नभए सम्म यथावत रहने बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.