नेकपा एमालेद्धारा मेचीे – महाकाली अभियान सुरु
काठमाडौं १४ मसिर ।।
नेकपा एमालेले महाकाली – मेचीे अभियान सुरु गरेको छ । बिहीबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट अभियानको शुभारम्भ गरेका हुन् ।
आजबाट सुरु भएको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा पुस २ गते सम्पन्न हुनेछ । यस क्रममा नेकपा एमालेले मध्य पहाडी पुष्पलाल लोकमार्गको अध्ययन र त्यस आसपासका नागरिकको अवस्थाबारे अध्ययन गर्ने र नागरिकसँग जोडिने बताएको छ ।
उद्घाटनका क्रममा अध्यक्ष ओलीले यस अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए ।
जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए । यो अभियानलाई नेकपा एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ ।
Trending
- लागु औषध सहित १ जना मानिस पक्राउ
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- प्रतिक्रिया
- Facebook Comments