अबैध घरेलु मदिरा नष्ट
रौतहट २ पुष ।
अबैध घरेलु तयारी मदिरा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा सुरक्षाकर्मीले पक्राउ गरेको छ । शनिवार जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा गौर नगरपालिकाको बिभिन्न स्थानबाट अबैध घरेलु तयारी मदिरा अ.२००लिटर नेपालबाट भारततर्फ लैजादै गरेको अबस्थामा फेला पारीएको जिप्रका रौतहटले जनाएको छ ।
आइतवार स्थानिय भद्रभलादमी, संचारकर्मी तथा प्रहरी कर्मचारीहरुको रोहवरमा जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङगणमा नष्ट गरीएको जिप्रका रौतहटका सुचना अधिकारी दामोदर केसीले बताएका छन ।