

, रौतहट २१ मसिर ।
करिव तीन महिना देखि प्रादेशीक अस्पताल गौरमा प्रमुख विहिन हुदाँ सेवाग्रही मर्कामा परिदै आएको छ । सामाजिक विकास मन्त्रालय मधेश प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्रमुखको जिम्मेवारी संजिव कुमार सिहलाई दिएर पठाएको एक हप्ता नवितिदै डा कृष्ण शाह लाई प्रादेशिक अस्पताल गौरको प्रमुख को जिम्मेवारी दिएर पठाएको कारणले प्रमुख सिहले उच्च अदालत जनकपुर अस्थायी इजलाश विरगजमा रिट दिएकोले दुवै प्रमुख अस्पताल आउन छाडेका कारण सेवाग्रही मर्कामा परेको बताइएको छ । असोज महिना देखि नै अस्पतालमा प्रमुख विहिन बनेको हो । प्रादेशिक अस्पतालमा प्रमुख नहुदाँ समयमा डाक्टरहरु नआउने ,जाँचको लागी वाहिर जाँच गराउन पठाउने , रेफर गर्ने जस्ता अनेकौ सेवाग्रहीलाई दुःख दिदै आएको बताइएको छ । अस्पतालमा जाँचहरु हुदै हुदै पनि अस्पताल वाहिर कमिशनको लोभमा पठाउने गरेको सेवाग्रहीले बताउँछन । अस्पतालमा उपचार राम्रो तरिका नगर्ने ,प्राइवेट क्लिनिकमा जाँच गर्ने जस्ता अनेको कठिनाई भइ रहेको बताइएको छ । यस सम्बन्धमा दुइवटै प्रमुख सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।