Take a fresh look at your lifestyle.
npa 9 suchana

वागमती पुल निर्माणको माग गर्दै आज दिउँसो २ वजे देखि ७२ घण्टा चक्का जामको घोषणा

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १८ पुस ।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले १३ वर्ष पहिला शिलान्यास गरेको बागमती पुल हाल सम्ममा निर्माण नहुदाँ स्थानीयवासी आज बम नहरमा चक्का जाम गरेका छन ।
पुल निर्माणको माग गर्दै आज बुधवार दिउँसो २ वजे देखि ७२ घण्टाको लागी दुर्गा भगवती गाउँ पालिका वडा न ५ का वासिन्दाहरुले बम नहरमा चक्का जाम गरेका हुन ।
चक्का जामका कारण गौर देखि चन्द्रनिगाहपुर जाने सडक अवरुद्ध भएकोले यात्रीहरु समस्या परेका छन । बागमती पुल निर्माण नहुदाँ स्थानीयवासीहरुले असोज १७ गतेका दिन विरोध जुलुस सहित जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत भौतिक तथा पुर्वाधार मन्त्रालय सिहदरवार काठमाण्डौ पठाउनका लागी ज्ञापन पत्र बुझाएका थिए ।
बागमती नदीले बर्सेनी तराई मधेशमा क्षति पुरयाउदै आएको सर्वविदितै छ उल्लेख गरी सो नदीबाट मानवीय क्षति र धनजनको अपुरणीय क्षति हुदै आएको ज्ञापन पत्रमा उल्लेख गरेको थियो ।
नेपालको प्रमुख सडक मेची देखि महाकाली सम्म राणाकालीन हुलाकी सडक रहेको हुदाँ सो वागमती नदीमा पुल नहुदाँ आवत जावत गर्न कठिनाई भइ रहेकोले पुल निर्माण गर्न पटक पटक माग गर्दै आएको छ ।
दुर्गा भगवती गाउँ पालिकाका वडा न ५ बडहर्वा टोल हुदै पर्ने वागमती नदीमा पुल निर्माणका लागी पप्पु कन्ट्रक्सनले ठेक्का सकार गरी पुलको पाया बनाई अधुरो छाडेर भागेको हुदाँ सो क्षेत्रका जनता आक्रोसित बन्दै गएको छ ।
संसदीय क्षेत्रको निर्वाचनका क्रममा पुर्व प्रधान मन्त्री माधव कुमार नेपालले जनता समक्ष पुल निर्माणको लागी प्रतिवद्धता जनाइएको थियो । निर्वाचित भए पछि पुलको निर्माण सम्बन्धमा पहल नगरेको समेत स्थानीयले आरोप लगाएका छन ।
पप्पु कन्ट्रक्सनले धेरै दिन सम्म पुल निर्माणका कार्य नगरे पछि ठेक्का रद गरी अर्को ठेक्का लगाइएको थियो ।
अर्को ठेक्कामा वाई पि महालक्ष्मी विकास जे भीले ठेक्का सकार गरी पुल निर्माण गर्नुको सट्टा बालुवाको सडक बनाई करौडौ रकम अनियमितता गरी फरार रहेको स्थानीयले आरोप लगाएका छन ।
बालुवाले पुरिएको सडक अधिकाँस भत्केको छ । सो मा व्यापक अनियमितता भएको आरोप छ । वाई पि महालक्ष्मी विकास जे भी र सम्बन्धित निकायको सलग्नतामा ३ करोडको लागतमा बालुवाको सडक निर्माण भएको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.