Take a fresh look at your lifestyle.
npa 9 suchana

१८ लाख ४३ हजार सहित एक जनालाई प्रहरीद्धारा पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

१८ लाख ४३ हजार सहित एक जनालाई प्रहरीद्धारा पक्राउ
रौतहट १९ पुस।
गुजरा न.पा. वडा नं.५ हरिहरपुर निवासी संदिप यादवलाई १८ लाख ४३ हजार सहित प्रहरीले पक्राउ गरेको छ ।
देवाही गोनाही न.पा. वडा नं. ८ पटेल चौकमा चेकजाँच गर्ने क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यादव पक्राउ परे पछि चेकजाँचको क्रममा विभिन्न बैकको ५ थान एटिएम , १६ लाख ६५ हजार उल्लेख भएको ३ थान चेक र १ थान मोबाइल सहित बरामद भएको जिप्रकाका सुचना अधिकारी एलिजा गिरीले बताएकी छिन ।
पुष १८ गतेका दिन १८ वजेको समयमा . देवाही गोनाही न.पा. वडा नं. ८ पटेल चौकमा चेक प्वाईन्ट खडा गरी आकस्मिक रुपमा शंकास्पद सवारी साधन तथा मानिसहरुलाई चेकजाँच गर्ने क्रममा . गुजरा न.पा. वडा नं. ५ हरिहरपुर बस्ने वर्ष २५ को संदिप यादवको साथबाट जाली नोट जस्तो देखिने १८ लाख ४३ हजार रकम फेला परेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना

यसै गरी साउन २१ गतेका दिन गरुडा न.पा.वडा नं.५ शिवनगर मेला बाट भारतिय एक सय दरको ४ थान नक्कली नोट सहित ४ जना , कार्तिक १० गतेका दिन गरुडा न.पा.वडा नं.४ बाट एक हजार दरको ७ (सात) थान नक्कली नोट सहित ३ जना तथा मसिर ३० गतेका दिन चन्द्रपुर न.पा.वडा नं.१० बालचन्दपुर बाट एक हजार दरको नोट थान २० सहित १ जनालाई पक्राउ गरी कानूनी कारवाही चलाईएको उनले बताए ।
अझ पनि जाली नोटका ठुलो मात्रामा कारोवार हुन सक्ने सम्भाव्यताको सम्बन्धमा बिभिन्न संयन्त्रबाट सुचना प्राप्त भई उक्त सुचनालाई विश्लेषण गरी अनुसन्धानका बिभिन्न सुत्रहरु परिचालन गरी नियमित तथा आकस्मिक चेकजाँच लगायतका प्रहरी कारवाही तिब्र रुपमा अगाडी बढाईएकोमा पुष १८ गतेका दिन १८ वजेको समयमा . देवाही गोनाही न.पा. वडा नं. ८ पटेल चौकमा चेक प्वाईन्ट खडा गरी आकस्मिक रुपमा शंकास्पद सवारी साधन तथा मानिसहरुलाई चेकजाँच गर्ने क्रममा . गुजरा न.पा. वडा नं. ५ हरिहरपुर बस्ने वर्ष २५ को संदिप यादवको साथबाट जाली नोट जस्तो देखिने १८ लाख ४३ हजार रकम फेला परेको बताइएको छ ।
मुद्रा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अगाडी बढाई यसमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको सुचना अधिकारी गिरीले बताइन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.