फोनबाट धाक धम्की दिइ रकम माग गर्ने साहलाई पक्राउ
रौतहट १९ पुस ।
फतुवा बिजयपुर न.पा.वडा नं. ८ निवासी श्रीभगवान साहले व्यापारीहरुलाई फोनबाट धाक धम्की दिई रकम असुल्ने कार्य गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पुस १० गते देखि १८ गते सम्ममा मोबाइल न ९८०१५७७५१० बाट एक व्यापारीलाई पटक पटक फोन गरी पाँच लाख देखि पचास लाख सम्म रकम माग गरेको आरोपमा प्रहरीले साहलाई पक्राउ गरिएको हो ।
रकम माग गरेको सुचना प्राप्त भई सुक्षम रुपमा अनुसन्धानका बिभिन्न प्रविधिहरु प्रयोग गर्दै प्रहरी कारवाही अगाडी बढाईएकोमा घटनामा प्रयोग भएका मोबाईल नम्बर ९८०१५७७५१० को प्रयोगकर्ता फतुवा बिजयपुर न.पा.वडा नं. ८ बस्ने वर्ष अं. ३५ को श्रीभगवान साह रहेको अनुसन्धानबाट देखिएको हुँदा निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुर अन्तर्गत आवश्यक अनुसन्धान एंव कारवाही अगाडी बढाई यसमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको जिप्रकाका सुचना अधिकारी एलिजा गिरीले बताएकी छन ।
यस्ता गतिबिधि भविष्यमा हुन नपाउने अवस्था सृजना गर्नको लागि सुचना दिने तथा प्रहरी अनुसन्धान तथा कारवाहीमा साथ सहयोग दिने सम्पुर्ण आदरणीय महानुभावहरुमा हार्दिक आभार प्रकट गरेको छ ।
Trending
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
अर्को
- प्रतिक्रिया
- Facebook Comments