स्वास्थ्य कार्यालय रौतहटले देवाही गोनाही शाखा प्रमुख यादवलाई दिए श्रदाञ्जली
रौतहट ९ फागुन ।
जिल्लाका देवाही गोनाही नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघात भई निधन भएकोमा स्वास्थ्य कार्यालय रौतहटले श्रदाञ्जली सभाको आयोजना गरेका थिए । ।
स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा जिल्ला समन्वय समिति रौतहटका प्रमुख राम अयोध्या यादवको अध्यक्षतामा सियापैलेस गौरमा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख यादवको निधन भएकोमा एक कार्यक्रम बिच श्रदाञ्जली व्यक्त गरिएको हो ।
देवाही गोनाही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवका मृत आत्माको चिर शान्तिका लागि कामना सहित एक मिनट मौन धारण गरि श्रदाञ्जली अर्पण गरेका थिए। सो कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, स्वास्थ्य कार्यालय प्रमुख विपिन कुमार साह ,नेपाल रेडक्रसका सभापति राजकिशोर यादव सशस्त्र प्रहरी बल रौतहटका सशस्त्र प्रहरी उपरीक्षक बिक्रम कुमार राई सहितले स्वास्थ्य प्रमुख यादवको असामयिक निधन भएको खबरले दुखी बनाएको भन्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन एवम् आफन्तजनमा गहिरो समवेदना समेत प्रकट गरेका छन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments