ट्रयाक्टर पल्टिदाँ दुई जनाको मृत्यु र दुई जना गम्भीर
, रौतहट ९ फागुन ।
जिल्लाका गढिमाई नगरपालिका मलाही टोलबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिदाँ दुई जनाको मृत्यु भएको छ भन्ने दुई जना गम्भीर घाइते भएका छन ।
मृत्यु हुनेमा ट्रयाक्टर चालक गढिमाई न.पा. ९ बस्ने बर्ष ५५ को जय लाल सहनी र वर्ष ५० को राम नाथ सहनी सिटीअस्पताल गरुडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परि गम्भीर धाईते भएका वर्ष १७ को आकाश सहनी र वर्ष ७ का किसन सहनीलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि विरगंज रिफर गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताए । वर्ष ६७ को राम प्रसाद सहनीको समान्य उपचार पश्चात घर पठाइएको छ ।
बिहान ११ बजेको समयमा सर्लाहीको बरहथवा न.पा. १५ नहर स्थित समनपुरबाट हजरिया तर्फ जादै गरेको नम्बर प्रस्ट नभएको ट्याक्टर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिएको हो ।
उक्त ट्याक्टमा सवार १७ जना रहेकोमा २ जनाको मृत्यु , ७ जना घाईते मध्ये १ जना उपचार पश्चात डिस्चार्ज भई घर गएको ६ जनाको उपचार भई रहेको र बाकी ८ जनालाई केही नभएको प्रहरीले जनाएको छ ।
अन्य घाईते वर्ष ४८ की गन्धी देवी, वर्ष ४५ की सुखली देवी,वर्ष १८ को नितेश सहनी ,वर्ष १६ की अञ्चला कुमारी सहनीको प्रादेशिक अस्पताल गौरमा उपचार भई रहेको ईलाका प्रहरी नायव उपरीक्षक खनालले बताए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments