Take a fresh look at your lifestyle.
npa 9 suchana

पालिका कपको प्रारम्भ फागुन २६ गते देखि सुरु

gadhimai nagar palika ko suchana
suchana gadhimai

पालिका कपको प्रारम्भ फागुन २६ गते देखि सुरु
रौतहट, २३ फागुन ।
जिल्लाका १८ वटै पालिकाको सहभागितामा रौतहट क्रिकेट संघद्वारा पालिका कपको प्रारम्भ फागुन २६ गते देखि सुरु गर्ने आज पत्रकार सम्मेलनमा बताएका छन ।
संघका अध्यक्ष पवन साहले पालिका कप फागुन २६ गते देखि सुरु हुने बताउदै १८ वटा स्थानीय तहका टिमको सहभागितामा हुने उनले बताए ।
अध्यक्ष साहले आजै गोला प्रथाद्वारा समुहमा निर्धारण गरिएको बताए । पालिकाको क्याप्टेन एवं प्रतिनिधिद्धारा गोला उठाएर समुह चयन गरिएको थियो ।
गोला प्रथाद्धारा चयन गरिएको समुह (ए) मा गौर, मौलापुर र गुजरा , (बी) मा गरुडा, फतुवा विजयपुर र माधवनारायण (सि) मा यमुनामाई, परोहा र बृन्दावन (डि) मा गढीमाई, राजदेवी र बौधिमाई (ई) मा कटहरिया, इशनाथ र राजपुर तथा (एफ) मा चन्द्रपुर, देवाही र दुर्गा भगवती परेको रौतहट क्रिकेट संघका कोषाध्यक्ष विकास विक्रान्त नेपाल ले बताएका हुन ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.