Take a fresh look at your lifestyle.
npa 9 suchana

मेयर शम्भु साहले चुनावको वेलामा गरेको प्रतिवद्धता पुरा गर्न नसकी म माथि झुठो आरोप लगाई चोखो नबन आग्रह केन्द्रिय सदस्य गुप्ता

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १७ चैत्र ।
प्रेस चौतारी नेपाल रौतहट शाखाद्धारा आयोजित नव प्रवेशी संचारकर्मीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम आज सिया प्लेस होटल गौरको सभाकक्षमा सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य अजय कुमार गुप्ताले समृद्धिको लागी संचार कर्म प्रेस चौतारीको मूल मर्म रहिदै आएको बताए ।
नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओली रौतहट जिल्लाको गरुडामा जिल्ला अधिवेशनलाई सम्बोधन गर्न आउनु भएको वेलामा रौतहटका दुई दर्जन भन्दा बढी संचारकर्महरु पार्टी प्रवेश गरेको वखत देखि नै संचारकर्मीहरुलाई स्वागत तथा सम्मान गर्ने सोच बनाएको अनुरुप नै आज स्वागत तथा सम्मान कार्यक्रम गरिएको केन्द्रिय सदस्य गुप्ताले बताए ।
नेकपा एमालेका केन्द्रिय बैठकले संगठन सुदृढ र सुदृढीकरण गर्ने निर्णय भएकोले हुनाले प्रेस चौतारीको पनि सुदृढ र सुदृढीकरण आवश्यक रहेको उनले बताए ।
नेकपा एमाले सरकारमा गएको एक महिना नवित्दै धेरै उपलब्धी हरु हासिल हुन थालेको बताउदै एमाले जनपक्षीय कार्य गर्न अग्रसर रहने उनले प्रतिवद्धता जनाएका थिए ।
नेकपा एमालेका केन्द्रिय सदस्य गुप्ताले गौर नगर पालिकाका मेयर शम्भु साहले म माथि मिथ्या आरोप लगाई आफु चुनावको वेलामा प्रतिवद्धता गरेका काम गर्न नसकेको उनले बताए ।
टिकुलीया घाटमा ३ महिना भित्रमा झुलुङ्गेपुल र वडाहरुमा जेसिवी संचालन गरी फोहर व्यवस्थापन गर्ने प्रतिवद्धता मेयर शम्भु साहले गर्न नसकी म माथि झुठो आरोप लगाई रहेको गुप्ताले भने । बालेश्वर महादेव मन्दिर नजिकको झुलुङ्गे पुल मेरो पालामा स्वीकृत भएको पुर्व मेयर तथा केन्द्रिय सदस्य गुप्ताले बताए ।
बरहवातालको झुलङ्गे पुल ब्लेकलिस्टमा भएको भए बालेश्वर महादेव मन्दिर नजिकको झुलुङ्गे पुल फागुन महिनामा कसरी स्वीकृत भयो भने उनले प्रश्न गरेका छन ।
फागुन महिना स्वीकृत भएको बालेश्वर महादेव मन्दिर नजिकको झुलुङ्गे पुल बैशाख चुनाव भएको कारण मैले आफनो पालामा बनाउन नसकेको बताए ।
विकासका लागी म सदैव हातोमालो गर्ने छु प्रतवद्धता समेत गुप्ताले व्यतm गर्दै गौर नगर पालिकाका मेयर साहले चुनावका वेलामा प्रतिवद्धता गरेका कार्य गर्न सकी आफु चोखो बन्न जनता समक्ष म माथि झुठो आरोप नलगाउन उनले आग्रह गरेका छन ।
सो अवसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष सचिदानन्द साहले संचारकर्मीको अहम भुमिका रहेकोले राम्रो लाई राम्रो नराम्रोलाई नराम्रो जनता समक्ष पस्कि दिन सुझाव दिएका थिए ।
प्रेस चौतारीका जिल्ला अध्यक्ष आर्दश उपाध्यायको अध्यक्षतामा नेकपा एमालेका जिल्ला सचिव बाबुराम दहाल ,उपाध्यक्ष रुपेश पटेल ,मधेश प्रदेश सदस्य बाबविक्रम कार्की, नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झा , प्रेस चौतारीका केन्द्रिय सदस्यद्धय रमेश तिमलसिना , सजय मिश्र , चौतारीका मधेश प्रदेश महासचिव गौतम श्रेष्ठ लगायतका वतmाहरुले आ आफनो शुभकामना व्यतm गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.