Take a fresh look at your lifestyle.
npa 9 suchana

परीक्षाको मर्यादा भङ्ग गरेका कसुरदार पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

परीक्षाको मर्यादा भङ्ग गरेका कसुरदार पक्राउ
रौतहट २१ चैत ।
जिल्लाका विभिन्न परिक्षा केन्द्रमा समाजिक संजाल मार्फत चिट चोर्न लगाउने व्यतिmहरुलाई प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गरेको छ ।
परीक्षा निरीक्षकको रुपमा खटी चिट गराई परीक्षाको मर्यादा भंग गरेको अभियोगमा पक्राउ पर्नेमा राजदेवी न.पा. वडा नं. १ बस्ने वर्ष ४५ को उतिचन्द्र यादव रहेका छन । उनी श्री मा. वि. पथराको प्रधानाध्यापक हुन । श्री सरस्वती मा.वि. पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएको गढीमाई न.पा. वडा नं.७ मा बस्ने वर्ष २२ को ललन राय यादव , श्री पथरा बुधराम परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएको मौलापुर न.पा. वडा नं. ६ मा बस्नें. वर्ष ४८ को राम अमोद प्रसाद यादव , श्री शंकर मा.वि. सरमुजवा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका मौलापुर न.पा. वडा नं. ६ मा बस्ने अं. वर्ष ४४ को अबधलाल राम , वर्ष २५ को राकेश कुमार यादव , अनाधिकृत रुपमा परीक्षा केन्द्रमा प्रवेश गरी चिट गराई परीक्षाको मर्यादा भंग गरेको अभियोगमा पक्राउ परेका राजपुर न.पा. वडा नं. १ मा बस्ने अं. वर्ष ३१ को राम सोगारथ साह– श्री सरस्वती मा.वि. पिपरा परीक्षा केन्द्रमा अनुमति विना प्रवेश गरेको थियो ।
२०८० सालको सिईई परिक्षामा सामाजिक संजालको माध्यमबाट परिक्षामा आएका प्रश्नपत्र तथा सोको उत्तर समेतको बिषयबस्तुहरु वाटसव लगायतका बिभिन्न सामाजिक संजालमा आदान प्रदान गरी प्रश्नपत्रको गोपनियता भंग गर्ने, आफू परीक्षा निरीक्षकको रुपमा खटी स्वयम् आफैले चिट चोर्न लगाउने लगायतको कार्य गरी परीक्षाको मर्यादा भंग गरेको भनी सुचना प्राप्त हुन आएको आधारमा पक्राउ गरिएको जिप्रका रौतहटका सुचना अधिकारी एलिजा गिरीले बताएकी छन । शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १(क) अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको उनले बताएकी हुन ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.