Take a fresh look at your lifestyle.
npa 9 suchana

मौलापुर नपामा करार शिक्षकको नविकरण तथा करार शिक्षक नियुतmीमा अनियमितता

gadhimai nagar palika ko suchana
suchana gadhimai


शैलेन्द्र झा , रौतहट २३ चैत्र ।
मौलापुर नगर पालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत राम बाबु साहले करार शिक्षकको नविकरण तथा करार शिक्षक नियुतmीमा अनियमितता गरेको छ ।
आव २०८०।०८१को लागी करार शिक्षक नविकरण गर्न शिक्षा समितिको बैठकबाट गर्नु पर्नेमा निर्णय नै नगराई आर्थिक प्रलोभनमा निमित प्रमुख प्रशासकीय अधिकृत साह परी नविकरण गरेको मौलापुर नगर पालिकाका वडा न ९ का वडा अध्यक्ष तथा शिक्षा समितिका सदस्य श्याम किशोर साहले आरोप लगाएका छन ।
३९ वटा करार शिक्षकलाई नविकरण तथा ३ वटा करार शिक्षक नियुतm गरी अनियमितता गरेको मौलापुर नगर पालिकाका वडा न ९ का वडा अध्यक्ष तथा शिक्षा समितिका सदस्य साहले बताएका छन ।
मा वि लक्ष्मीनीयमा मुकेश पटेल ,सा आ वि चिरचिरिया मा जय प्रकाश शर्मा र मा वि गम्हरिया मा आमोद प्रसाद यादव लाई करार नियतmी दिइ अनियमितता गरेको उनले बताए । शिक्षक करार नियुतmी गर्दा सुचना प्रकाशन गरी प्रतिस्पर्धाको आधारमा नियुतm गर्नु पर्नेमा आफन्त , नातागोता ,आर्थिक प्रलोभन तथा ५० वटा भोट भएका परिवारलाई एक जनाको रोजगार जस्ता अवैध तरिकाबाट मौलापुर नगर पालिकामा शिक्षक नियुतmी हुदै आएको वडा अध्यक्ष साहले गम्भीर आरोप लगाएका छन ।
२०८० साउन २९ गतेका दिन शिक्षा समितिका अध्यक्ष रिना कुमारी शाहको अध्यक्षतामा बैठक राखे पनि सो दिन बैठकबाट कुनै निर्णय नभएको समितिका सदस्य साहले बताए ।
मौलापुर नगर पालिकाका शिक्षा स्तर घटदै गएको वडा अध्यक्ष साहले बताउदै अयोग्य शिक्षक नियुतmी नै रहेको दावी गरेका छन ।
यस सम्बन्धमा मौलापुर नगर पालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत साहसँग सम्पर्क गर्दा कार्य पालिकाको निर्णयबाट करार शिक्षकको नविकरण तथा नयाँ करार नियुतmी गरेको बताए । वडा अध्यक्ष साहले लगाएका आरोप झुठा हो उनले भने

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.