Take a fresh look at your lifestyle.
npa 9 suchana

चिट चोराउन सघाउने परिक्षा निरिक्षकहरुलाई हाजिर जमानीमा रिहा

gadhimai nagar palika ko suchana
suchana gadhimai

चिट चोराउन सघाउने परिक्षा निरिक्षकहरुलाई हाजिर जमानीमा रिहा
, रौतहट २३ चैत्र ।
एसईई परिक्षामा समाजिक संञजालबाट चिट चोराउन सघाउने परिक्षा निरिक्षकहरुलाई आज जिल्ला प्रहरी कार्यालय रौतहटले हाजिर जमानीमा रिहा गरेको छ ।
जिल्लाका विभिन्न परिक्षा केन्द्रमा खटिएका परिक्षा निरिक्षकहरुले व्हाट्सएप मार्फत चिट चोराउन लगाएको आरोपमा पक्राउ परेकाहरुलाई आज हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी एलिजा गिरीले बताइन् ।
शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १(क) अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी वाहिर राखी अनुसन्धान कार्य गरिने सुचना अधिकारी गिरीले बताइन ् ।
रिहा हुनेहरुमा श्री मा. वि. पथराको प्रधानाध्यापक राजदेवी न.पा. वडा नं. १ बस्ने वर्ष ४५ को उतिचन्द्र यादव, श्री सरस्वती मा.वि. पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएको गढीमाई न.पा. वडा नं.७ मा बस्ने वर्ष २२ को ललन राय यादव , श्री पथरा बुधराम परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएको मौलापुर न.पा. वडा नं. ६ मा बस्नें. वर्ष ४८ को राम अमोद प्रसाद यादव , श्री शंकर मा.वि. सरमुजवा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका मौलापुर न.पा. वडा नं. ६ मा बस्ने अं. वर्ष ४४ को अबधलाल राम रहेका छन । यसै गरी राकेश कुमार यादव राजपुर न.पा. वडा नं. १ मा बस्ने अं. वर्ष ३१ को राम सोगारथ साह लगायत १० जना रिहा भएको हो ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.