


, रौतहट ७ बैशाष ।
नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आज वानेश्वर महादेव मन्दिर नजिकको झुलुङ्गे पुलको उदघाटन गरेका छन ।
२०७९ साल फागुन २८ गतेका दिन गौर नगर पालिकाका मेयर शम्भु साहले शिलान्यास गरी निर्माण कार्य अघी बढाएको पुल निर्माण कार्य सम्पन्न भए पछि आज एकिकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले उदघाटन गरेका हुन ।
रौतहटको निर्वाचन क्षेत्र न १ बाट पटक पटक निर्वाचित भएका नेपालले आफनो संसदिय कोषबाट निर्माण कार्यको उदघाटन गर्न नसके पनि गौर नगर पालिकाको वजेटबाट निर्माण भएका झुलुङ्गे पुलको आज उदघाटन गरेका हुन ।
वागमती पुलको शिलान्यास भएको १४ औ वर्ष पुरा हुन लाग्दा पनि निर्माण कार्य सम्पन्न भएको छैन । जुद्ध माध्यमिक विद्यालयको छात्रावासको निर्माणधिन कार्य यथावत नै छ ।
गौरको विकास निर्माण एवं समाजिक विकासको कार्यहरुमा अहिले सम्म देशमै उत्कृष्ठ स्थान बनाउन सफल भएको नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले बताउदै अन्य पालिकाहरुले आ आफनो पालिकालाई समुन्नत बनाई पालिकाबासीलाई गौरवान्वीत बनाउने अवसरहरु प्रदान गर्न गराउने कार्यमा मेयरहरु अहोरात्र खटिनुपर्ने सुझाव दिएका थिए ।
गौर नगरपालिकाको मेयर शम्भु साहले निर्वाचनको समयमा नगरवासी संग गरेको वाचालाई पुरा गर्दै मधेश प्रदेशकै दोश्रो ठूलो झुलुंगे पुल निर्धारित समय अगावै निर्माण पुरा गराएर नगरवासीलाई ओहरदोहर गर्न खुला गरिएको चर्चा गर्दै विकास निर्माणको कार्य किन नहोस सबै क्षेत्रमा गौरले फड्को मारेर मधेश प्रदेशकै अन्य पालिका भन्दा धेरै अघि बढिसकेको दावी गरेका थिए ।
इ विडिंग मार्फत बोलपत्र आह्वान गर्दा लेखराज हिमशिख जेभी बत्तिसपुतली काठमाडौंले ४ करोड २७ लाखमा २५९ मिटर लामो झुलुंगे पुल निर्माण गर्न २०५९ साल चैत १९ गते सम्झौता गरेर एक बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएकोमा २०८० चैत १८ गते निर्माण कार्य पुरा भइसकेको निर्माण कम्पनीले नगरपालिकालाई जानकारी गराएको थियो ।
उदघाटन समारोहमा पूर्व मन्त्री एवं पूर्व राजदूत डा. बंशिधर मिश्र, पूर्व साँसद कल्याणी खड्का, संविधान सभा सदस्य सरला यादव, प्रदेशका विना विभागीय मन्त्री बेची लुंगेली प्रदेश सभाद्वय सदस्य नागेन्द्र साह र किशोरी देवी दास, राजदेवी नगरपालिकाको मेयर भिखारी यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरिक्षक दिलिप घिमिरे, जिल्ला अध्यक्ष कमल यादव सहितका नेता एवं समाजसेवीहरुको उपस्थिति रहेको नगरका प्रवक्ता एवं वडा नम्वर ९ का वडाध्यक्ष अर्जुन सिंहले जानकारी दिए ।


