Take a fresh look at your lifestyle.
npa 9 suchana

हातीपाइले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान सम्बन्धी संचारकर्मीहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

हातीपाइले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान सम्बन्धी संचारकर्मीहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न
, रौतहट ७ बैशाष ।
राष्ट्रिय हातीपाइले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान सम्बन्धी संचारकर्मीहरुसँग अन्तरकृया कार्यक्रम आज स्वास्थ्य कार्यालयको तालिम हलमा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालयका सहायक प्रमुख चाँदनी जैसवालको अध्यक्षतामा फोकल पर्सन हरेन्द्र गुप्ताले गोष्ठीका उदेश्य , हातीपाइले रोगका वारेमा विस्तृत चर्चा गरेका थिए ।
७२ देशबाट ३३ देशमा संक्रमण आम औषधी चलि रहेको फोकल पर्सन गुप्ताले बताउदै विश्व भरीमा १६ लाख मानिस हातीपाइलाबाट अगभग हुने गरेको तथ्याँक प्रस्तुत गरेका थिए । रौतहटमा ७ पटक हातीपाइलाको औषधी रौतहटवासीले खाए पनि हातीपाइल रोग निर्मुल हुन नसकेकोले पुनः ८ पटक औषधी बैशाष १६ गतेबाट शुरु हुन गइ रहेकोले सवैले आ आफनो स्तरबाट जनचेतना जगाई औषधी सेवन गर्नमा मदत गर्न फोकल पर्सन गुप्ताले आग्रह गरेका थिए । २ वर्ष भन्दा माथि बाल बालिका लगायत सबै उमेर समुहका व्यतिmहरुले औषधी सेवन गरी मौकाको फाइदा उठाउन उनले आग्रह गरेका हुन ।
२ वर्ष मुनीका बाल बालिका , गर्भवती महिला , सुत्केरी ,सिकिस्त विरामीहरु , मृगी रोग , छारे रोग भएका व्यतिmले औषधी सेवन नगर्न सुझाव दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रादेशिक अस्पतालका डा गोपाल गुप्ताले रोगका वारेका जानकारी गराएका थिए । उनले मछरको टोकाइबाट हातीपाइला रोग लाग्ने गरेको बताउदै हातीपाइला रोग सर्ने रोग रहेकोले रोग लाग्न नदिन औषधी खान आग्रह गरेका छन । सोही अवसरमा सहभागी संचारकर्मीको तर्फबाट नेपाल पत्रकार महासंघ रौतहटका अध्यष प्रेमचन्द्र झाले हातीपाइला रोगका बारेमा बताएका थिए । रौतहटका अधिकाँस संचारकर्मीहरुको सहभागिता रहेका थिए

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.