देश बनाउने कुरामा मुलुकको ध्यानाकर्षण
काठमाडौं १७ बैशाष । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउने कुरामा मुलुकको ध्यानाकर्षण भएको बताउनु भएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले इलाम–२ को प्रतिनिधि सभा उपनिर्वाचन र बझाङ प्रदेश सभा उपनिर्वाचनमा व्यक्त मतले सो कुरा देखाएको बताउनु भयो ।
मुलुकको विकास र समृद्धिको लागि धेरै दलहरू होइन, बलिया राजनीतिक दलहरू आवश्यक पर्दछ, नेपालका राजनीतिक दलहरूले पनि आफूलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्न सक्नु पर्दछ’, पोखरेलले भन्नुभयो ।
देश बनाउने हो भने युवाहरू देश निर्माणको काममा जुट्नु पर्ने पोखरेलले बताउनुभयो । युवा बाहिर जाने ट्रेनले देश नबन्ने उहाँले प्रष्ट पार्नुभयो । नेपालमा केही हुँदैन र केही गर्न सकिँदैन भन्ने मानसिकतालाई परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । ‘हाम्रो देश कोही आएर बनाइदिने होइन, हामी आफैँले बनाउनु पर्छ’, पोखरेलले भन्नुभयो ।
नेकपा एमालेलाई जनताले मन पराएको पार्टी हिजो पनि भएका र उपनिर्वाचनले पनि त्यसलाई प्रमाणित गरेको उहाँले बताउनुभयो । हिजो पनि एउटा दलका विरुद्ध सबै दल मिलेर घेराबन्दी गर्दा समेत नेकपा एमाले पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित भएको उहाँले सुनाउनुभयो । नेकपा एमालेलाई बलियो राजनीतिक शक्ति बनाएर मिसन २०८४ सम्म एमालेलाई कसैको सहारा बिना एक्लै लड्न सक्ने दल बनाउने अभियानमा एमाले लागेको उहाँले बताउनुभयो ।
एमालेले उपनिर्वाचनबाट विजय यात्रा सुरु गरेको बताउँदै पोखरेलले सो यात्रा अब देश भरी पस्ने बताउनुभयो । त्यसैले सबैलाई नेकपा एमालेमा गोलबद्ध हुन उहाँले आह्वान गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज गणेश पहाडी लगायतको सहभागिता रहेको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments