Take a fresh look at your lifestyle.
npa 9 suchana

आगलगीबाट करिव १२ लाख मुल्य वरावरको मालसमान जलेर नष्ट

gadhimai nagar palika ko suchana
suchana gadhimai

आगलगीबाट करिव १२ लाख मुल्य वरावरको मालसमान जलेर नष्ट
रौतहट, वैशाख १७ ।
राजदेवी नगर पालिकाको ब्रम्हपुरी गाँउमा आईतवार राति आगलागि हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
राजदेवी नगरपालिकाका वडा न. ९ ब्रम्हपुरीका कालिमन्दिर छेउमा बच्चा सिंहको जस्ताले छाएको छाना चार कोठे पक्की घरमा गएराति अचानक आगलागि हुँदा १२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको पिडितले जनाएको छ ।
सिंहको घरमा सबै सुतिरहेको अवस्थामा खाना पकाउने चल्होबाट आगो सल्की आगलगी भएको सशस्त्र सिमा सुरक्षा बल नेपाल नम्वर ११ गण हजमिनिया रौतहटले जनाएको छ ।
आगलागी भएको खवर पाउनका साथ विओपी बेलविछवाबाट सशस्त्र प्रहरी निरीक्षक सुभाष खत्रीको कमाण्डमा ११ जना र प्रहरी चौकी लक्ष्मीपुर बेलविछवाबाट प्रहरी सहायक निरीक्षक हृदेश राउतको कमाण्डामा चार जना र स्थानीय बासिन्दाहरुको सहयोगबाट आगो निभाउन सम्भव नभए पछि गौर नगरपालिकाबाट गएको दमकलको मद्दतबाट आगो नियन्त्रण लिएको सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक विक्रम हुमागाईले बताए ।
आगलागीबाट मोटरसाइकल एक थान, साइकल ३ थान, लत्ताकपडा, खाद्यान्न सामग्रीमा गरगहना, एक लाख नगद सहित चार कोठे घर जलेर नष्ट भएको हो ।
प्रारम्भीक अनुसन्धानबाट करिव ११ लाख ७३ हजार पाँच सय मूल्य बराबरको धनमाल जलेर नष्ट भएको सुरक्षाकर्मीको भनाइ रहेको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.