

कटुवा पेस्तोल सहित एक जना पक्राउ
, रोतहट १० असार ।
कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको जिल्ला सितामढी बैरगनिया–३ असोगी बस्ने अन्दाजी वर्ष २१ को राहुल रामलाई कटुवा पेस्तोल सहित पक्राउ गरिएको छ ।
आज सोमवार अन्दाजी ००ः३५ बजेको समयमा जिल्ला रौतहट गौर न.पा.–२ महादेवपट्टी नेपाल–भारत अन्तर्राष्ट्रिय सानो सीमा स्तम्भ नं. ३४४÷५ नजिकै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर रौतहटबाट खटिई गएको छड्के चेकप्वाईन्ट डिउटी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको नम्बर प्लेट नखुलेको भारतीय हिरो एचएफ डिलेक्स मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको टुल बक्स राख्ने एरियामा लुकाई छिपाई राखेको कटुवा पेस्तोल १ (एक) नाल सहित रामलाई पक्राउ गरिएको बताएका छन ।
रामलाई नियन्त्रणमा लिई हतियार र मोबाईल १ थान सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरी बल,ले जनाएको छ ।