

एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
रौतहट १० असार ।
आरतबाट अवैध रुपमा नेपाल भित्राउन लागेको अवस्थामा प्रहरीले विभिन्न समान वरामद गरेको छ । आज सोमवार अन्दाजी ००ः३५ बजेको समयमा जिल्ला रौतहट गौर न.पा.–२ महादेवपट्टी नेपाल–भारत अन्तर्राष्ट्रिय सानो सीमा स्तम्भ नं. ३४४÷५ नजिकै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर रौतहटबाट खटिई भन्सार छली ल्याई राखेको सर सामान सहित २ वटा मोटर साइकल वरामद गरेको छ ।
यसै गरी सोमवार बिहान १०ः०० बजेको समयमा प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा गोप्य सुचानाको आधारमा राजदेवी न.पा. वडा न. ०८ मा रहेको नवल किशोर साहको घर भारत बिहार राज्य लक्ष्पुर बस्ने वर्ष ४५ को निरज जैसवालले भाडामा लिई भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नम्बर प्लेट नभएको कालो रंगको होरो स्पेलेन्डर मोटरसाईकल र वा. ५३ प. २१३५को नम्बर कालो रंगको होण्डा साईन मोटरसाईकलमा लोड गरी चामल र खाद (मल) ल्याई घर भित्र लुकाई छिपाई राखेको अबस्थामा प्रहरी टोलीले फेला पारीएको छ ।
उक्त मो.सा.२ थान, चामल ११ बोरा र युरिया (मलखाद) ३ बोरा गरी अ.मुल्य एक लाख अर्सड्ठ्ठी हजार आठ सय बराबरको सर– सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।