

आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
, रौतहट १० असार ।
आफ्नै बहिनी बर्ष २० की तेतरी कुमारी रामलाई घरायसी विवादको कारण रिस आवेशमा आई बाँसको मुङग्रोले टाउँकोमा प्रहार गरी मारेको अभियोगमा प्रहरीले आइतवार पक्राउ गरेको छ । आइतवार विहान ३ः४० परोहा नगरपालिका वडा न. ०८ नरकटिया टोल बस्ने राजेन्द्र रामको छोरा बर्ष २२ को दिपेन्द्र कुमार रामले आफ्नै बहिनी बर्ष २० की तेतरी कुमारी रामलाई घरायसी विवादको कारण रिस आवेशमा आई बाँसको मुङग्रोले टाउँकोमा प्रहार गर्दा निज तेतरी कुमारी राम गम्भिर घाईते भएको थियो ।
निजलाई उपचारको लागि बिरगंज नारायणी अस्पतालमा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हुँदा निज दिपेन्द्र कुमार रामलाई पक्राउ गरी ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान) मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान कार्य भईरहेको बताइएको छ ।