Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेका ३ जना मानिस सहित ३ वटा ट्रयाक्टर पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेका ३ जना मानिस सहित ३ वटा ट्रयाक्टर पक्राउ
, रौतहट १२ असार ।
कटहरीया न.पा. वडा नं. १ मा रहेको बकैया खोलामा अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ३ जना मानिस सहित ३ ट्रयाक्टर पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ना ७ त ३३८० नं.को ट्रायक्टर र सोहि ट्रायक्टरको चालक गुजरा न.पा. वडा नं. ४ पोखरभिण्डा बस्ने दशरथ माझीको छोरा अं. बर्ष २६ को सकलु माझी, ना ४ त ९४१९ नं. को ट्रायक्टर र सोहि ट्रायक्टरको चालक ऐ.ऐ.६ बस्ने रामबिलाश यादवको छोरा अं. बर्ष २६ को सुकेश यादव ,ना ७ त ५६६३ नं.को ट्रायक्टर र सोहि ट्रायक्टरको चालक ऐ.कटहरीया न.पा. वडा नं. १ बस्ने किशोरीलाल राय यादवको छोरा अं. बर्ष २३ को दिपेश कुमार यादव रहेका छन ।
अस्थायी प्रहरी पोष्ट छेदिचौक रौतहटबाट प्रहरी टोली खटिई गई अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेका मानिसहरुलाई बालुवा उत्खननको बारेमा सोधपुछ गर्दा निजहरुले प्रहरी संग वादविवाद गरि अभद्र व्यवहार गरेकोले पक्राउ गरिएको बताइएको छ ।
पक्राउ गरी अभद्र व्यवहार कसुरमा अनुसन्धान कार्य भईरहेको र बालुवा सहितको ट्रयाकटर प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । मगलवार विहान १०ः३० वजेको समयमा पक्राउ गरिएको जिप्रका रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.