

सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
रौतहट १२ असार
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटले दश दिनमा ३ लाख ९७ हजार राजश्व सकलन गरेको छ । असार १ गते देखि असार १० गते सम्ममा उतm परिमाणको राजश्व सकलन गरेको हो । सवारी नियम उल्लंघन गर्ने ४०३ जना सवारी चालकहरुलाई सवारी नियम अनुसार कारवाही गरिएको र सो क्रममा रु तिन लाख सन्तान्नब्बे हजार राजस्व संकलन भएको जिप्रका रौतहटले जनाएको छ ।