

सदस्य अभिभावक भेला तथा सडक नाटक सम्पन्न
दिनेश देहाती ÷वारा २६ फागुन ।
सूर्योदय वोमी लघुवित वितिय संस्था लिमिटेड वरियापुर शाखाद्वारा आज बरियापुरमा सदस्य अभिभावक भेला तथा सडक नाटक सम्पन्न भएको छ
कार्यक्रममा समाजसेवी गायत्री देवीको सभापतित्व प्रमुख अतिथि प्रहरी चौकीका इन्चार्ज राजु राज मूहियार, सूर्योदय वोमी लघुवितका अनुगमन प्रमुख चित्रराज सुवेदी, अथनवा शाखाका शाखा प्रमुख विनोद मंडल, मौलापुर शाखाका शाखा प्रमुख देवनारायण शर्मा लगायतका सयौं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरुले वितिय साक्षरता र लिएको कर्जा जो कोहीले तिर्ने पर्ने सुझाव दिएको बरियारपुर शाखाका शाखा प्रमुख राजकिशोर प्रसाद कुशवाहाले बताएका थिए ।