Take a fresh look at your lifestyle.
npa 9 suchana

संविधान संशोधन सम्बन्धी राय–सुझाव समितिमा संजिव झा

gadhimai nagar palika ko suchana
suchana gadhimai

संविधान संशोधन सम्बन्धी राय–सुझाव समितिमा संजिव झा चयन, योगदानको उच्च मूल्यांकन गर्दै शुभकामना
गौर/काठमाडौं ।
संविधान संशोधन मस्यौदा समितिद्वारा संविधान संशोधनका लागि राय, सुझाव, संवाद तथा वार्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न प्रधानमन्त्री कार्यालयबाट गठन गरिएको समितिमा Citizen Jury for Corruption Control का अध्यक्ष एवं घाइते Zen-Z नेपाल का महासचिव संजिव झा चयन भएका छन्।
संविधान संशोधन सम्बन्धी राय–सल्लाह तथा सुझाव प्रदान गर्ने जिम्मेवारीसहित समितिमा चयन भएपछि संजिव झाप्रति विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ। उनको लामो समयदेखिको सामाजिक सक्रियता, सुशासन, न्याय तथा घाइतेहरूको अधिकारका लागि खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै यो जिम्मेवारी प्राप्त भएको बताइएको छ।
भाद्र २३/२४ को ऐतिहासिक जनआन्दोलन तथा राष्ट्र परिवर्तनको संघर्षमा सक्रिय भूमिका निर्वाह गरेका झाले घाइतेहरूको आवाज, अधिकार र न्यायका पक्षमा निरन्तर रूपमा काम गर्दै आएका छन्। राष्ट्र, समाज र जनताको हितलाई केन्द्रमा राखेर युवा पुस्ताले निर्वाह गरिरहेको जिम्मेवारी, संघर्षशीलता र राष्ट्रप्रेमप्रतिको उनको समर्पण प्रशंसनीय रहेको उल्लेख गरिएको छ।
उनको इमानदारी, सुशासन, न्याय र राष्ट्रहितप्रतिको दृढ प्रतिबद्धताले आगामी दिनमा संविधान संशोधन जस्तो संवेदनशील विषयमा महत्वपूर्ण सुझाव तथा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, उनको कर्म, क्षमता, दूरदृष्टि र समर्पणले परिवार, समाज तथा जन्मभूमिको पहिचानलाई थप उजागर गर्दै राष्ट्र निर्माणको यात्रामा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।
संजिव झाको उज्ज्वल भविष्य, सफल कार्यकाल तथा राष्ट्रसेवाको यात्रामा निरन्तर प्रगति र सफलताको कामना गर्दै शुभेच्छुकहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.