Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटमा रु. ९० लाखभन्दा बढीको अवैध फर्सीको बिउ बरामद, झडपमा ६ जना घाइते

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहटमा रु. ९० लाखभन्दा बढीको अवैध फर्सीको बिउ बरामद, झडपमा ६ जना घाइते
रौतहट, जेठ २८— रौतहटको बौधीमाई नगरपालिका–७ बाडा बंकुल टोलस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरीले करिब रु. ९० लाख १६ हजार बराबरको अवैध फर्सीको बिउ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मिति २०८३ जेठ २७ गते साँझ करिब ७:३० बजे नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्न त्रिपालले छोपेर फर्सीको बिउ लुकाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।
टोलीले बौधीमाई नगरपालिका–७ स्थित बाडा बंकुल टोल, नेपाल–भारत सीमावर्ती बाटो छेउमा खानतलासी गर्दा त्रिपालले छोपेर राखिएको ३२२ बोरा फर्सीको बिउ बरामद गरेको हो। बरामद गरिएको बिउको तौल १२ हजार ८८० किलोग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रति बोरा ४० केजी रहेको उक्त फर्सीको बिउको मूल्य प्रति बोरा रु. २८ हजारका दरले कुल रु. ९० लाख १६ हजार कायम गरिएको छ। बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ।
यसैबीच, बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयवासीले अवरोध गर्दै ढुंगामुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ।
झडपका क्रममा ढुंगामुढा गर्ने ३ जना स्थानीय तथा ३ जना प्रहरी कर्मचारी गरी कुल ६ जना सामान्य घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.