Take a fresh look at your lifestyle.
npa 9 suchana

रामपुर खाप छोटी भन्सार सञ्चालनको माग गर्दै सीमा संघर्ष समितिको अनशन सुरु

gadhimai nagar palika ko suchana
suchana gadhimai

रामपुर खाप छोटी भन्सार सञ्चालनको माग गर्दै सीमा संघर्ष समितिको अनशन सुरु

यमुनामाई गाउँ पालिकाको सुचना

रौतहट २५ भदौ। रामपुर खाप छोटी भन्सार पुनः सञ्चालन गर्न तथा चारपाङ्ग्रे सवारीसाधनको आवत–जावत सहज बनाउन माग गर्दै नेपाल सीमा संघर्ष समितिले अनशन सुरु गरेको छ।
छोटी भन्सार पुनः सञ्चालन नहुँदा सीमावर्ती क्षेत्रका स्थानीयवासी, व्यवसायी तथा सर्वसाधारण प्रभावित भएको भन्दै समितिले आफ्नो माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको हो। समितिका अनुसार भन्सार सञ्चालनसँग सीमावर्ती क्षेत्रको व्यापार–व्यवसाय, रोजगारी तथा स्थानीय आर्थिक गतिविधि प्रत्यक्ष रूपमा जोडिएका छन्।
समितिले रामपुर खाप छोटी भन्सार तत्काल सञ्चालन गरी चारपाङ्ग्रे सवारीसाधनको आवत–जावत सुचारु गर्नुपर्ने माग अघि सारेको छ। माग पूरा नभएसम्म शान्तिपूर्ण रूपमा आन्दोलन जारी राख्ने समितिले जनाएको छ।
अनशनमा सहभागीहरूले आफ्नो माग सीमावासीको अधिकार, रोजगारी र व्यापार–व्यवसायसँग जोडिएको विषय भएकाले सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
नेपाल सीमा संघर्ष समितिले आन्दोलनमा सीमावासी, स्थानीयवासी, युवा, व्यवसायी तथा शुभेच्छुकहरूलाई सहभागिता जनाई सहयोग गर्न अपिलसमेत गरेको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.